मध्य मंसिरको एक साँझ, काठमाडौंको एक पार्कमा मैले पहिलो पटक ऋतुलाई भेटेको थिएँ। म कलेजको अन्तिम वर्षमा थिएँ, र सधैं झैं पुस्तकालयबाट फर्किंदै थिएँ। त्यो साँझको हावामा केही विशेष थियो, एक किसिमको ताजगी र मिठास। म किताबको बोझले थाकेको थिएँ र केही बेर आराम गर्ने सोचेर पार्कको एउटा बेन्चमा बसेँ।
त्यही बेला ऋतु पनि त्यहाँ आइपुगी। ऊ एकदमै सुन्दर थिई, उसका लामो कपाल र गहिरो आँखाले मलाई तुरुन्तै मोहित बनायो। ऊ पनि नजिकैको बेन्चमा बसेर पुस्तक पढ्न थाली। मेरो ध्यान किताबमा भन्दा उसमा गयो। केही मिनेटसम्म हामी दुवैले केही कुरा गरेनौं, तर हाम्रो आँखाले भने धेरै कुरा गरे।
नमस्ते, मैले हिम्मत गरेर भनें। तिमी यहाँ पहिलो पटक आएकी हौर?
ऋतुले मुस्कुराउँदै उत्तर दिई, हो, मैले सुनेकी थिएँ यो पार्क शान्त र सुन्दर छ। तर यो भन्दा बढि सुन्दरता त यहाँको वातावरणमा छ।
हामीबीचको त्यो पहिलो संवादले हाम्रो मित्रताको ढोका खोल्यो। हामीले पुस्तकहरू, संगीत, र जीवनका विभिन्न पक्षहरूबारे कुरा गर्यौं। त्यहाँबाट फर्कंदा हामी दुवैलाई लाग्यो, हामीले एउटा नयाँ अध्यायको सुरुवात गरेका थियौं।
ऋतु र म बीचको मित्रता द्रुत गतिमा बढ्दै गयो। हामी प्राय पार्कमा भेट्न थाल्यौं, कहिले क्याफेमा, कहिले सिनेमा हलमा। हामीले एकअर्कालाई राम्ररी बुझ्न थाल्यौं। ऊ मेरो जीवनको अभिन्न हिस्सा बनिसकेकी थिई।
ऋतुले मलाई मेरो अध्ययनमा मद्दत गर्थी, मेरो कमजोरीहरूलाई सुधार्न सहयोग गर्थी। उसका सल्लाह र मार्गदर्शनले मेरो जीवनमा नयाँ दिशा दियो। उसले मलाई हरेक कदममा साथ दिई, हरेक सफलतामा मसँगै खुशी मनाई, र हरेक असफलतामा मलाई हिम्मत दिई। म पनि उसको सुख दुःखमा साथ दिने प्रयास गर्थें।
हामीबीचको मित्रता एकदमै गहिरो र सुमधुर थियो। तर, हाम्रो यो सम्बन्धमा एउटा अज्ञात भय पनि थियो। म उसको नजिक हुँदै जाँदा, मेरो मनमा एक किसिमको डर पलायो। के हाम्रो मित्रता मात्र थियो या यो कुनै गहिरो भावना थियो यी प्रश्नहरूको उत्तर मसँग थिएन।
केही समयपछि, हामीबीचको सम्बन्धमा एउटा नयाँ मोड आयो। एक दिन, हामी बागमती किनारमा हिँड्दै थियौं। साँझको समय थियो, सुर्य अस्ताउँदै थियो र त्यसको सुनौलो किरणले हाम्रो मुहारमा चमक ल्याइरहेको थियो।
त्यो सुन्दर क्षणमा, मैले आफ्नो मनको कुरा व्यक्त गर्ने हिम्मत जुटाएँ। ऋतु, म तिमीलाई केहि भन्न चाहन्छु, मैले आफ्नो मनको कुरा खोलें।
ऋतुले मलाई आँखा भरि हेरि र मुस्कुराई। के हो तिमीलाई भन्न मन लागेको कुरा रु
मैले सास फेरेर भनें, ऋतु, तिमी मेरो लागि मात्र साथी होइन। तिमी मेरो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेकी छौ। तिमी मेरो लागि सबैभन्दा महत्वपूर्ण व्यक्ति हौ। म तिमीलाई माया गर्छु।
ऋतु केही छिन चुपचाप रहिन्। म उसको प्रतिक्रिया पर्खिरहेको थिएँ। उसले बिस्तारै आफ्नो हात मेरो हातमा राखी र भनिन्, म पनि तिमीलाई माया गर्छु।
त्यो क्षणमा, हामी दुईले एकअर्कालाई अंगाल्योैे। हाम्रो प्रेमको सुरुवात भएको थियो।
हाम्रो प्रेमको यात्रा धेरै सुन्दर र अद्भुत थियो। हामीले सँगै धेरै यादगार क्षणहरू बितायौं। हामीले एकअर्काको लागि सपनाहरू देख्यौं, भविष्यको योजनाहरू बनायौं। हाम्रो सम्बन्धमा विश्वास, सम्मान र मायाको गहिराइ थियो।
हामीले हाम्रो परिवारलाई हाम्रो प्रेमको बारेमा भन्यौ। उनीहरूले पनि हाम्रो प्रेमलाई स्वीकार गरे। हामी भविष्यमा सँगै रहने सपनाहरू देख्न थाल्यौं। जीवनमा आउने हरेक चुनौतीलाई सँगै पार गर्ने प्रतिबद्धता गर्यौं।
ऋतुले मेरो जीवनलाई रंगीन बनायो। उसले मलाई जिन्दगीको महत्व बुझायो। हाम्रो प्रेमको सम्बन्धमा, हामीले एकअर्काको कमीहरूलाई स्वीकार गर्यौं, एकअर्काको गुणहरूलाई प्रोत्साहन गर्यौं।
तर, जीवन सधैं हामीले सोचे जस्तो हुँदैन। हाम्रो सम्बन्धमा केही गलफतिहरू आउन थाल्यो। साना९साना कुराहरूमा झगडा हुन थाल्यो। हरेक झगडापछि, हामी एकअर्कालाई सम्झाउने प्रयास गर्थ्यौं, तर क्रमशः हाम्रो सम्बन्धमा दरार पर्न थाल्यो।
एक दिन, ऋतु र मबीच ठूलो झगडा भयो। उसको आवाज उचालियो, मेरो पनि। हामीले एकअर्कालाई नराम्रा शब्दहरू भन्यौ। ती शब्दहरूले हाम्रो मनमा गहिरो चोट पुर्यायो। हामीले कुरा नगर्ने निर्णय गर्यौं।
केही हप्ता बिते, हाम्रो बीचमा सन्नाटा छायो। हामीले फोन गरेनौं, म्यासेज गरेनौं। म एक्लो महसुस गर्थें, उसको कमीले मलाई तड्पायो। म उ बिना जीवनको कल्पना गर्न सक्दिन थिएँ, तर हाम्रो सम्बन्धमा आएको यो दूरीले मलाई धेरै पीडा भयो।
एकदिन, मैले हिम्मत गरेर ऋतुलाई भेट्न जाने निर्णय गरें। म उनको घर पुगेँ, तर त्यो दिन मेरो जीवनको सबैभन्दा दर्दनाक दिन बन्यो। ऋतुले मलाई देखेर भनिन्, हामी बीचको यो दूरीलाई हामीले स्वीकार गर्नुपर्छ। हामीबीचको सम्बन्धलाई अन्त्य गर्नु नै उचित हुनेछ।
म स्तब्ध भएँ। मैले सोचेको थिएन, हाम्रो प्रेमको अन्त्य यसरी हुनेछ। मैले धेरै प्रयास गरें, तर ऋतुले आफ्नो निर्णय बदलिन्न। हामीले एकअर्कालाई अन्तिम पटक अँगालेर बिदा भयौं।
ऋतुसँगको बिछोडले मेरो जीवनमा गहिरो प्रभाव पार्यो। म एक्लो, उदास र पीडित महसुस गर्थें। उसको सम्झनामा हरेक दिन बित्थ्यो। उसको सम्झनाले मेरो मनमा घाउ पार्दथ्यो। मैले आफूलाई पुस्तक, संगीत र काममा व्यस्त राख्ने प्रयास गरें, तर उसको कमीले मलाई सधैं सतायो।
समयसँगै, मैले बुझें कि जीवनमा हरेक कुरा हाम्रो हातमा हुँदैन। हाम्रो प्रेम एक सुन्दर सपना थियो, जसले मलाई जिन्दगीको महत्त्व बुझायो। ऋतुले मलाई धेरै कुरा सिकाई, धेरै सन्देश छोडेर गइ।
समयले हरेक घाउलाई भर्छ भन्छन्। ऋतुसँगको बिछोड पनि मेरो जीवनमा एक नयाँ अध्यायको सुरुवात बन्यो। मैले आफूलाई सुधार्ने प्रयास गरें, आफ्नो करियरमा सफलताको खोजी गरें।
ऋतु मेरो जीवनमा आएर गएर पनि, उसको सम्झनाले सधैं मलाई प्रेरित गरिरह्यो। माया र बिछोडको यो यात्रा मैले जिन्दगीको एक महत्वपूर्ण पाठको रूपमा स्वीकार गरें।
अहिले, म काठमाडौंमा संर्घषरत छु। मेरो जीवनमा नयाँ मित्रहरू छन्, नयाँ लक्ष्यहरू छन्। तर, ऋतुको सम्झना सधैं मेरो हृदयमा रहनेछ।
ऋतु र मेरो प्रेमको यात्रा एक सुन्दर र दर्दनाक कथा हो। यो कथा केवल प्रेमको मात्र होइन, यो जीवनको पनि कथा हो। जीवनमा आउने हरेक सुख दुःखलाई स्वीकार गर्नुपर्छ, हरेक क्षणलाई जिउनुपर्छ।
ऋतु, तिमी जहाँ भए पनि, म तिमीलाई सधैं सम्झिरहनेछु। तिम्रो सम्झनामा, म सधैं मुस्कुराउने प्रयास गर्नेछु। जीवनमा आउने हरेक चुनौतीलाई तिम्रो यादमा पार गर्नेछु।
यो कथा केवल हाम्रो प्रेमको मात्र होइन, यो जिन्दगीको कथा हो, जसले माया, बिछोड र जीवनको महत्वलाई बुझायो। ऋतु र म, हाम्रो प्रेमको यो यात्रा सधैं मेरो हृदयमा जीवित रहनेछ।
प्रतिक्रिया