संसद् भवनको सुरक्षामा रहेका दोलखाका प्रहरी जवानले गोली हानी आत्महत्या गरे

काठमाडौं । संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैँले गोली हानेर आत्महत्या गरेका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेको बताउनुभयो । घटना करिब बिहान ९ बजेतिर भएको उहाँले जनाउनुभयो  । प्रहरीको कार्यदलबाट खटिएका दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोलेले आज बिहान आफैँमाथि गोली हानी आत्महत्या गरेका हुन् । गोलेले बुधबार बिहान संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा आफूले बोकेको ईन्सास राईफलबाट निधारमा गोली हानेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलेको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च