रामेछाप । रामेछापको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थली नगरपालिकालाई समृद्ध नगर बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । बुधवार मन्थली नगरपालिकाको आर्थिक सहयोगमा क्रियाशील पत्रकार महिला(डब्ल्यु डब्ल्यु जे) रामेछापले महिला पत्रकारहरूका लागि मन्थलीमा आयोजना गरेको एक दिने समाचार लेखन तथा सीप विकास तालिमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो‘‘ मन्थली नगरपालिकालाई समृद्ध तर्फ अगाडी बढाउने कुरा । मन्थली नगरपालिकाले गरेका कमीकमजोरी औँल्याउने कुरा । नगरको राम्रो कुराहरूलाई समाचार तथा सूचनाको माध्यमबाट छलफलको माध्यमबाट सकारात्मक ढङ्गले जनतामाझ लैजान सञ्चार माध्यमहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । सबैले आआफ्नो क्षेत्रबाट लागेर जसरी हुन्छ मन्थली नगरलाई समृद्ध नगर बनाउनु छ । सबैले प्रयास गरे असम्भव पनि छैन ।’’
नगर प्रमुख श्रेष्ठले तालिमबाट सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गरी नगरपालिकालाई समृद्ध बनाउन सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । सीप विकासका यस्ता तालिमहरू धेरै सञ्चालन हुँदै आए पनि तालिममा सिकेका कुराहरूलाई व्यवहारमा खासै कार्यान्वयनमा ल्याउन नसक्दा यस्ता तालिमहरू तालिमका लागि तालिम जस्तै हुने गरेको उहाँले बताउनुभयो । रामेछाप जिल्लामा सञ्चालित विभिन्न सञ्चार माध्यममा काम गरिरहेका महिला पत्रकारहरूलाई यो तालिमले आफूले गर्दै आएको कामलाई थप उपलब्धि मूलक र प्रभावकारी किसिमले सञ्चालन गर्न सहजता हुने विश्वास लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । तालिम भनेको एउटा कुशलता वा विशेष सीप तथा दक्षता हासिल गर्नका लागि सञ्चालन गरिएको प्रशिक्षण भएकाले तालिमबाट थप दक्षता हासिल गरी आफ्नो काममा प्रयोगमा ल्याउन सहभागीहरूलाई उहाँको आग्रह छ ।
मन्थली नगरपालिकालाई समृद्ध बनाउन सबै क्षेत्रको भूमिका आवश्यक छ : नगर प्रमुख श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया