रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य एवं लोकतान्त्रिक आदिबासी जनजाति महासंघ नेपालका केन्द्रिय अध्यक्ष पासाङ शेर्पाले नेपालका आदिवासी जनजातिहरुले अहिलेसम्म प्राप्त गरेका अधिकारहरु प्राप्तिका लागि नेकपा एमालेको सबै भन्दा ठूलो भूमिका रहेको बताउनुभएको छ । रामेछाप सदरमुका मन्थलीमा बुधबार आयोजित लोकतान्त्रिक आदिबासी जनजाति महासंघ नेपाल जिल्ला कमिटी रामेछापको पूर्ण बैठक तथा नवनिर्वाचित पालिका कमिटीहरुलाई सपथ ग्रहण साथै प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालका अन्य राजनीतिक पार्टीहरुले जातिबादी मुद्दा उठाउँदै आएका भए पनि एमालेले भने सामाजिक न्यायका लागि मुद्दाहरु उठाउँदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो‘‘ यो देशमा आदिवासी जनजातिका लागि अहिलेसम्म प्राप्त भएका अधिकार प्राप्तिका लागि एमालेको सबै भन्दा ठूलो भुमिका छ । तर अहिले एमालेलाई पहिचान विरोधी भनेर गलत प्रचारहरु भइरहेका पनि छन् । जसले पहिचान दियो अहिले त्यसलाई पहिचान बिरोधि भनेर गरिने गलत प्रचारलाई चिर्ने गरी लाग्नुपर्छ ।’’
उहाँले नेपालमा सबै क्षत्रमा समानुपातिक समाबेशी प्रतिनिधित्वको व्यवस्था एमालेले ल्याएको दाबी गर्दै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउन पनि एमालेकै प्रमुख भुमिका रहेको बताउनुभयो । अहिले एमाले पार्टीमा आफ्न जिम्मेवारी प्रभावकारी रुपमा पूरा गर्ने र पार्टीलाई आपत पर्दा अगाडि लाग्ने पार्टीको पहिलो जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल नै भएको उहाँको दाबी छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले पटक पटक पार्टी कमजोर बन्दा पनि नेता कर्याकर्तालाई आत्मवल बढाउने खालका कामहरु गरेको उहाँले बताउनुभयो । अब पार्टी बनाउने जिम्मा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालमा आवद्ध हुने नेता कार्यकर्ता कै भएकाले आदिवासी जनजाति आन्दोलनको अभियान्ता र एमालेको सदस्य हौ भन्ने कुरालाई हेक्का राखेर अगाडी बढ्न उहाँले कार्यक्रममा सहभागि नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो । अब २०८३ साल सम्म सबै वडा कमिटी र २०८४ साल सम्म टोल कमिटी गठन गर्ने लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले लक्ष्य लिएकाले सोही अनुसार काम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउन एमालेको पहिलो भुमिका छ : पासाङ शेर्पा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया