लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन्।

बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले काठमाडौंमा आयोजित गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महशुस गरेको बताए।

Advertisement

उनले लागुऔषधको दुर्व्यसनी युवाहरुलाई फसाइदिइ सकेपछि त्यो देशको दुर्गति शुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए।

‘युवाहरु देशमा रोजगारी नपाएर विदेश गएका छन्, कयौँ, लागुऔषधको दुव्र्यसनीमा फसेका छन् । यसका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि चलेका छन् । प्रहरीले पक्राउ गर्ने, रिहाव सेन्टरमा लिने, बिक्री वितरण गर्नेहरुलाई पक्राउ गर्ने कुरा निरन्तर चलि नै रहेको छ । तर यो निरन्तर चलिरहँदा दुव्र्यसनीको संख्या पनि निरन्तर बढी नै रहेको छ,’ उनले भने।

Advertisement

उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरु लागुऔषधको दुव्र्यसनीमा फसेको बताए। उनले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरुमा पनि कतिपयले इमान्दारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए।

‘त्यसैले हामीले भन्दै आएका छौं, जो दुर्व्यसनीमा फसेको हुन्छ, त्यसलाई अनदर चान्स, जसले लागुऔषध बेचबिखन गर्दछ, त्यसलाई छोड्दैनौं,’ उनल भने।

Advertisement

उनले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको पनि जानकारी दिए। यसका लागि राष्ट्रिय नीतिमा काम गरिरहेको र त्यसको ड्राफ्ट बनाइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च