काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भोलि बिहान दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दैछन् । यो खेल बिहान सवा ६ बजे त्रिनिदादको ब्रायन लारा स्टेडियममा शुरु हुनेछ । दक्षिण अफ्रिका सुपर–आठको समूह ‘दुई’ बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । दक्षिण अफ्रिकाले सुपर–आठको पहिलो खेलमा अमेरिकालाई १८ रन, दोस्रो खेलमा इङ्गल्यान्डलाई ७ रन र तेस्रो खेलमा वेस्ट इन्डिजलाई ‘डीएलएस’ अर्थात् डकवर्थ लुइस नियमका आधारमा ३ विकेटले हराएको थियो । यस्तै अफगानिस्तान सुपर–आठको समूह ‘एक’ बाट दोस्रो स्थानमा अन्तिम चारमा पुगेको हो । अफगानिस्तान सुपर–आठको पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रन र तेस्रो खेलमा बङ्गलादेशलाई डीएलएस नियमका आधारमा ८ रनले हराएको थियो । अफगानिस्तान पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । यस्तै टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा भोलि राति सवा ८ बजे दोस्रो सेमिफाइनलमा भारत र इङ्गल्यान्ड खेल्दैछन् ।
टी–२० विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया