अबको तीन वर्षभित्र सबै नागरिकको घरमा खानेपानी धारा पु-याउँछौँ : नगर प्रमुख न्यौपाने

रामेछाप नगरपालिका रामेछाप जिल्लाको पुरानो सदरमुकाम हो । नौ वटा वडा रहेको यो नगरपालिका राजनैतिक विभाजन अनुसार रामेछाप जिल्लाको दक्षिण पूर्वमा अवस्थित छ । यो नगरपालिकाको पूर्वमा ओखलढुङ्गा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला रहेको छ । २०२.४५ वर्ग किलोमिटर क्षेत्रफल रहेको रामेछाप नगरपालिकामा २०७८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसङ्ख्या २४ हजार ९७१ रहेको छ । वि.स १८३६ देखि २०४५ सालसम्म प्रशासनिक केन्द्रका रूपमा रहेको यो नगरपालिकाको ऐतिहासिक महत्त्व छ ।रामेछाप नगरपालिकामा झन्डै दुई वर्षको अवधिमा भएका विकास निर्माणका काम र नगरको आर्थिक तथा सामाजिक विकासको अवस्था लगायतका बारेमा नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख लवश्री न्यौपानेसँग नेपाल तथ्यले गरेको कुराकानीको अंश ।
(१) तपाई रामेछाप नगरपालिका प्रमुखमा निर्वाचित हुनुपछिको अवधिमा नगर विकासका लागि प्रमुख कामहरू के के भए ?
सर्वप्रथम त विकास निर्माण भन्ने कुरा एकै ताल भक्क हुने रहेनछ । एउटा राजनीतिक सम्झौतामा चाहिँ तीन चार वटा पार्टीका नेताहरूले एउटा दस्ताबेजमा सही गर्दा आमूल परिवर्तन हुँदो रहेछ । विकास निर्माणको कुमारमा चाहिँ बडा समस्या छ । पहिलो कुरा योजना छनौट गर्नुप¥यो, त्यसपछि त्यसको स्टमेड बनाउनुप¥यो, त्यसपछि सम्बन्धित नगरपालिकाले गर्न सक्ने भए नगरपालिकाले गर्नुप¥यो । नगरको क्षमता नभए प्रदेश तथा सङ्घीय सरकारलाई गुहार्नुपर्ने बाध्यता छ । यसरी बजेट विनियोजन गर्न र कार्यक्रम बनाउन दुई वर्ष लाग्ने रहेछ । त्यस कारण यस्ता समस्याहरूको सामना गरी हदैसम्मको लचकता अपनाएर कति गर्न सकिन्छ गरिरहेकै छौँ । हामीले रामेछाप नगरपालिकाको तीन वटा सडक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । हिलेपानीदेखि चामबोट हुँदै कोलन्जोरघाट सम्मको बाटो, देउरालीदेखि गोठ गाउँ हुँदै साघुटारसम्मको र भालु खोपदेखि ओख्रेनीसम्मको सडकको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । हिलेपानीदेखि चामबोट हुँदै कोलन्जोरघाट सम्मको सडक र देउरालीदेखि गोठ गाउँ हुँदै साघुटारसम्मको सडक अबको तीन वर्ष भित्रै कालोपत्रे गर्ने लक्ष्य लिएका छौँ । स्थानीय तहको बजेटले मात्रै नभएर हाम्रो आग्रहमा सङ्घीय सरकारले पनि बजेट व्यवस्था गरिरहेको छ । यो सडकमा गत वर्ष सङ्घीय सरकार र स्थानीय सरकारको ८०÷८० लाख रुपैयाँ बजेटबाट काम भएको छ । यो वर्ष सङ्घीय सरकारले तीन करोड बजेट दिने पक्का पक्की भइसकेको छ । नौ वटै वडा विकासका लागि रामेछाप नगरपालिकाले धेरै काम गरिरहेको छ । वडा नं १ मा अबको एक वर्षभित्र खानेपानीको समस्या समाधान हुन्छ । वडा नं २ र ३ मा पनि खानेपानी समस्या समाधानका लागि डिपिआर तयार भइरहेकोले सङ्घीय सरकारले बजेट दिने विश्वास छ । वडा नं ३ मा नगर स्तरीय अस्पताल निर्माण गर्ने योजना अनुरूप प्रक्रिया अगाडी बढिसकेको छ । यसका लागि वाग्मती प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।
वडा नं ४ मा खानेपानीको समस्या २०८१ सालभित्र समाधान हुन्छ । वडा नं ५ मा पनि खानेपानीको समस्या समाधानका लागि योजना बनिरहेकै छ । वडा नं ६, ७ र ८ मा नागरिकको माग र आवश्यकताको पहिचान गरी शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानीका क्षेत्रमा काम भइरहेका छन् । वडा नं ८ मा बाइपास सडक खोल्ने काम तीव्र गतिमा भइरहेको छ । सेले घाट साघुटार सडकको काम पनि नगरको ताकेतामा युद्ध स्तरमा भइरहेकाले संम्भवत ः अबको एक डेढ वर्षमा कालोपत्रे सम्पन्न हुन्छ । जिल्ला अस्पताल रामेछापमा नगरपालिकाले एक जना एमडिजिपी डाक्टरको व्यवस्था गरिदिएको छ । कोलोन्जोर घाटदेखि हिमगंगा हुँदै जाने लिखु कोरिडोर अन्तरगत ४ किलोमिटर सडक यो वर्ष कालोपत्रे हुँदै छ । कोलोन्जोर घाटको पुल पनि बन्दै छ ।
(२) यो अवधिसम्म नगरपालिकाको आर्थिक र सामाजिक क्षेत्रको विकासको अवस्था चाही कस्तो छ नि ?
नगरपालिकाको आन्तरिक आम्दानी भनेको ३० लाख रुपैयाँ मात्रै हो । मालपोत, वडाले सिफारिस गरेका वडाका दस्तुरहरू बाहेक अन्य आम्दानीको स्रोत हामीसँग छैन । अलिकति रामेछाप बजारमा लाग्ने बिहीबारे हाट हो । त्यसको ५०÷६० हजार रुपैयाँलाई के आम्दानी भन्नु । राजश्व उठ्नका लागि पहिलो कुरा सहरी विकास हुनुपर्छ । त्यसपछि कल कारखाना खुल्नुपर्छ यी दुवैको सम्भावना रामेछाप नगरपालिकामा एकदमै कम छ । अब हामी एकीकृत सहरी विकास लागु गर्ने तयारीमा छौँ । त्यसका लागि ओपन ट्र्याक खोल्ने तयारी भइरहेको छ । अहिले जग्गा व्यवस्थापनको काम चलिरहेको छ । यो कामका लागि जनमत बुझेर नगरपालिका अगाडी बढ्छ । यो नगरपालिकामा हामी आइसकेपछि सामाजिक क्षेत्रको विकासमा धेरै सुधार भएका छन् । छुवाछुतको अन्त्य भएको छ । समाजमा एकले अर्कालाई भाइचाराका रूपमा हेर्ने बानीको विकास भएको छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा अन्तरगतका कार्यक्रम प्रभावकारी बनाउँदै लगिएको छ । यी सबै कुराहरूलाई मध्य नजर गरी सामाजिक क्षेत्रमा भएका कुरीतिको अन्त्य गर्दै अगाडी बढ्ने जमर्कोमा नगरपालिका छ ।
(३) निर्वाचनमा जनता माझ गरेका प्रतिबद्धताहरू पुरा हुने गरी काम भएका छन् त ?
हामीले निर्वाचनमा जनतासँग गरेका पहिलो प्रतिबद्धता खानेपानी नै हो । किन भने रामेछाप नगरपालिका अति सुख्खा ग्रस्त नगरपालिका हो । यहाँका सबै वडामा खानेपानीको समस्या छ । अहिले हामी निर्वाचनमा जनतासँग गरिएको पहिलो प्रतिबद्धता पूरा गर्ने लक्ष्यमा लागेका छौँ । यो प्रतिबद्धता अनुसार अबको तीन वर्षमा नगरका सबै जनताको घरमा खानेपानीको धारा पुग्नेछ । नगरपालिकाको सबै वडाहरूमा निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार विकास, खानेपानी, कृषि लगायतका क्षेत्रमा पर्याप्त काम भएका छन् । केही वडाहरूमा मेघा विद्यालयको सुरुवात गर्ने योजनमा नगरपालिकाको छ । नगरपालिकाको विभिन्न स्थानमा लाग्ने हाटबजारहरूको आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थापन गरिएको छ । राज्यले बिउ हालेर व्यवस्थापन गरिदिएपछि त्यसको संरक्षण र व्यवस्थापनमा नागरिकको दायित्व अत्यावश्यक छ । आजकाल नागरिकमा सबै स्थानीय सरकार तथा राज्यले नै गर्नुपर्छ भन्ने मानसिकताको विकास हुँदा नागरिक आफ्नो दायित्व र कर्तव्यबाट भागिरहेका छन् । यो स्थानीय स्तरको विकासका लागि राम्रो होइन ।
(४) सङ्घ र प्रदेश सरकारसँग रामेछाप नगरपालिकाको समन्वय कस्तो छ ?
रामेछाप नगरपालिकाको सङ्घीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य एकदमै राम्रो छ । समन्वय र सहकार्य राम्रो भएकै कारण रामेछापका ८ वटा पालिकामध्ये रामेछाप नगरपालिकामा सङ्घ र प्रदेशको बजेट तथा कार्यक्रम बढी नै छन् । अहिले लिखु करीडोरमा २० करोड रुपैयाँ र वडा नं ८ को आरुवोटे हुँदै केवलेश्वर मन्दिर जोड्ने सडकमा प्रदेशबाट २५ लाख बजेट आएको छ । यो वर्ष डेढ करोड बजेट पर्ने लगभग निश्चित भइसकेको छ । हिजो हामी सङ्घ र प्रदेश सरकारमा हुँदा विकास निर्माणका लागि सङ्घ तथा प्रदेश सरकारबाट बजेट तथा कार्यक्रम ल्याउन सहज भएको थियो । अब प्रदेशमा कस्तो खालको सरकार बन्छ । त्यसले पनि केही फरक गर्छ । प्रभाव परेता पनि म घमन्डका साथ भन्छु रामेछाप नगरपालिकाको सङ्घीय र प्रदेश सरकारसँग समन्वय एक दमै राम्रो छ । यहाँ जिल्लाका अन्य पालिकाको भन्दा बढी बजेट तथा कार्यक्रम आउँछ ।
(५) रामेछाप नगरपालिकाले २०८१ सालको चैत महिनासम्म बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको छ । लक्ष्य लिएको समयसम्म रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर बन्छ त ?
अहिलेसम्मको भएका कामको मुल्याङकन गर्दा तोकिएको समयमानै रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर बन्छ । तर सबै काम गर्दै जाँदा बजेटकै अभाव हुँदो रहेछ । अहिले आवश्यक सूचकहरू प्राप्तिका लागि बजेट अभाव हुने देखिएकाले ५÷६ महिना पर जान सक्ने अनुमान छ । हालसम्म नगरपालिकाको कुनै पनि वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुन सकेका छैनन् । ९ वटा वडा मध्ये धेरै वडाहरूले ५० प्रतिशत सूचक प्राप्त गरिसकेका छन् । अहिले सूचक प्राप्तिका लागि तीव्र गतिमा काम भइरहेको छ ।
बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउन समाज उमेर नपुगी विवाह गर्ने समस्या चुनौती बनेको छ । बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान अन्तरगत ७ वटा बाल विवाह रोकेका छौँ । धेरे मान्छेहरूलाई सचेत पनि गराएका छौँ । सामाजिक सञ्चालहरुको दुरुपयोगले समाजमा धेरै वाल विवाहको घटना भइरहेका छन् । यसलाई रोक्नका लागि राजनीतिक दल, घर परिवार, समाज लगायत सरोकारवाला निकाय थप गम्भीर बन्नुपर्छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च