हेटौँडा । बागमती प्रदेशसभाका सांसद तारानारायण श्रेष्ठले मन्त्रीहरूले मनपरी ढङ्गले बजेट विनियोजन गरेको आरोप लगाउनुभएको छ । बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सांसद श्रेष्ठले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना पार्ने गरेको र अन्य योजना छुट्यो भनेर सजिलो जवाफ दिने गरेको भन्दै आक्रोश पोख्नुभएको हो । उहाँले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना हाल्दा जनताले सांसदहरूलाई तिरस्कार, घृणा गर्ने तथा निर्वाचन क्षेत्र बाटै निषेध गर्ने गरेको विषयमा कसले जवाफ दिने भन्दै प्रश्न गर्नुभयो । सांसद श्रेष्ठले मन्त्रीहरूले बजेट ल्याउनुभन्दा एक साता अघिदेखि नै फोन नउठाउने गरेको गुनासो गर्दै सिलिङभित्र दिएको योजना समेत छुटाइएको बताउनुभयो । वन मन्त्रालय, खानेपानी, ऊर्जा र सिँचाइ मन्त्रालयमा आँ फैले दिएको सिलिङबाट पनि कुनै योजना नपरेको भन्दै उहाँले फोन उठाउनै नभ्याउने, योजना ईन्ट्रि गर्नै नभ्याउने कुरालाई हेर्दा मन्त्री बन्नै जाँगर नभएको जस्तो देखिएको टिप्पणी गर्नुभयो । सांसद श्रेष्ठले बजेट आइसकेपछि छलफल गर्नुको औचित्य नरहेको टिप्पणी गर्नुभएको छ । छलफलपछि जे निष्कर्ष निकालिए पनि लागु नहुने भन्दै उहाँले यो छलफल बिरालो बाँधेर श्राद्ध गरे जस्तो हो भन्नुभयो । बजेट आइसकेपछि जति छलफल गरे पनि केही परिवर्तन नहुने भएकाले यो छलफलको कुनै औचित्य र आवश्यकता नरहेको बताउनुभयो । साथै उहाँले गाउँपालिकाको साना– साना योजनामा समेत अनुगमन र मूल्याङ्कन हुने गरे पनि प्रदेशका करोडौँको योजनामा कसैले अनुगमन नगरेको बताउनुभयो । करोडौँको योजना सञ्चालन हुँदा पनि सांसदलाई कुनै जिम्मेवारी नदिँदा आँफुहरुले अपजस मात्रै भोग्नुपरेको उहाँको गुनासो छ । सांसद श्रेष्ठले योजनाहरूको अनुगमन नहुँदा सम्पन्न भइसकेका योजनामा पनि बर्सेनि बजेट पर्ने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।
बागमती प्रदेशको बजेट माथिको छलफलमा सांसद श्रेष्ठको आक्रोश : बजेटमा मन्त्रीले मनपरी गरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया