सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई बलपूर्वक हटाउने मन्थली नगरपालिकाको चेतावनी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले मन्थली बजार लगायतका विभिन्न स्थानमा सार्वजनिक जग्गामा भएको अनधिकृत अतिक्रमण हटाएर जग्गाको संरक्षण गर्ने भएको छ । नगरपालिकाले बुधवार एक सूचना प्रकाशन गरी आ–आफ्नो नापी कित्ता र लालपुर्जाको क्षेत्रफल बाहिरका सार्वजनिक जग्गामा घर, टहरा, छाप्रा वा अन्य कुनै पनि संरचना नबनाउन र विगतमा बनाइएको संरचनाहरू स्वयम् हटाउन, भत्काउन र खाली गरी पूर्ववत् अवस्थामा फर्काउन आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले प्रकाशन गर्नुभएको सूचनामा सार्वजनिक जग्गाको अतिक्रमण रोक्ने र व्यक्तिको आबादी बाहेकको सार्वजनिक जग्गामा घर, टहरा, छाप्रा, ग्यारेज आदी लगायतका अवैध संरचना बनाउन नदिने र बनाएको पाइएमा हटाउँदै जाने नेपाल सरकारको नीति भएको र यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय रामेछापमा गुनासो एवं उजुरी परेको उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ सहित सरोकारवालाको बैठकबाट मन्थली बजार र आसपासका महत्त्वपूर्ण स्थानको अतिक्रमण भएका सार्वजनिक जग्गाहरूको संरक्षण स्थानीय तहबाटै गर्नुपर्ने निर्णय भएको पनि सूचनामा उल्लेख छ ।
सार्वजनिक जग्गामा भएको अनधिकृत अतिक्रमण हटाउँदै जाने र “सार्वजनिक जग्गाको संरक्षण गर्ने भनी २०८१ जेठ ३१ गते बसेको नगर कार्यपालिकाको २७ औँ बैठकले निर्णय गरेकाले आ–आफ्नो नापी कित्ता र लालपुर्जाको क्षेत्रफल बाहिरका सार्वजनिक जग्गामा घर, टहरा, छाप्रा वा अन्य कुनै पनि संरचना नबनाउन र विगतमा बनाएको भए स्वयम् हटाउन, भत्काउन र खाली गरी, गराई पूर्ववत् अवस्थामा फर्काउन आग्रह गरिएको छ । अटेर गरी थप संरचना निर्माण गर्ने, पुरानो नहटाउने एवं सार्वजनिक जग्गा अतिक्रमण गरेमा कानुन बमोजिम कारबाही गरी अवैध संरचना बलपूर्वक हटाउनु पर्ने अवस्था आएमा सोको लागत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने नगरपालिकाले चेतावनी समेत दिएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च