रामेछापको खिम्ती बिर्तामा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्ती बिर्तामा यात्रु बाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शुक्रवार बिहान ८ः४५ बजेको समयमा गैरीबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखु तामाकोशी गाउँपालिका–६ बिर्ता भन्ने स्थानमा दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बसको बायाँ साइडको टायर माटो फिलिङ गरेको कच्ची सडकको बायाँ भागमा फसी सडक भासिएर सडक बाट अन्दाजी २५ मिटर तल खसी दुर्घटना हुँदा बसका चालक र मालिक सहित बसमा सवार १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ पिस्कर घर भएका ४० वर्षका यादव खत्री, बसका मालिक दोलखाको भीमेश्वर नगरपालिका–५ का ४२ वर्षका दीपक श्रेष्ठ, बसमा सवार रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ की २१ बर्सिया सबिना श्रेष्ठ उनकी एक वर्षकी छोरी सुजता श्रेष्ठ घाइते भएका छन् । त्यसै गरी लिखुतामाकोशी गाउँपालिका–६ की ४२ बर्सिया साबित्रा घिमिरे, सोही ठाउँका ५७ बर्षे मान बहादुर श्रेष्ठ, ५० वर्षे टेकबहादुर श्रेष्ठ, १९ वर्षका झलक बहादुर श्रेष्ठ, ४४ वर्षकी सङ्खकुमारी तामाङ र ४१ वर्षकी शकुन्तला श्रेष्ठ घाइते भएका छन् । घाइते १० जना मध्ये केहीको अवस्था मध्यम रहेको र अधिकांश घाइतेको सामान्य अवस्थामा सदरमुकाम मन्थलीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सडकबाट खसेको बस भिरमा रहेका रुखहरूमा अड्किँदा कम क्षति भएको स्थानीयहरूले बताएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च