रामेछापका विभिन्न स्थानमा धान रोपाई कार्यक्रम गरी धान दिवस मनाइयो

रामेछाप । आज असार १५ गते अर्थात् राष्ट्रिय रोपाई महोत्सव एवं धान दिवस । रामेछापका विभिन्न स्थानमा सामूहिक धान रोपाई कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
जिल्लामा रहेको सबै पालिकाहरूले आ–आफ्ना पालिकाभित्र पर्ने विभिन्न फाँटहरूमा धान रोपाई तथा दही चिउरा खाने कार्यक्रमको आयोजना गरी राष्ट्रिय रोपाई महोत्सव एवं धान दिवस मनाएका छन् ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले वडा नं १२ अम्बासबेशी फाँटमा जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ सामूहिक धान रोपाई तथा दही चिउरा खाने कार्यक्रम गरी रोपाई महोत्सव एवं धान दिवस मनाएको छ ।
मन्थली नगरपालिको सहयोगमा, मन्थली नगरपालिका तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, पहाडी समाज कल्याण केन्द्रको सजिकरणमा गठित स्थानीय सिद्देश्वर महादेव स्वावलम्बी महिला समूहको आयोजनामा अम्बासवेशीमा सामूहिक धान रोपाई तथा दही चिउरा खाने कार्यक्रम भएको हो ।
सिद्देश्वर महादेव स्वावलम्बी महिला समूहकी अध्यक्ष कविता पाण्डेको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सामूहिक धान रोपाई तथा दही चिउरा खाने कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रामेछापकी प्रमुख कार्कीले असारलाई नेपालीहरूले ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा लिने बताउनुभयो । उहाँले मन्थली नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर किसानको माग अनुसारका काम गरिरहेको भन्दै अझै किसानको वास्तविक समस्या पहिचान गरी कृषि क्षेत्रको विकासका लागि दीर्घकालीन कार्यक्रमहरू सञ्चालन गर्न नगरलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठ, वडा नं ३ कठाजोरका वडा अध्यक्ष कृष्ण गोपाल थापा, नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकी, गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछापका अध्यक्ष रत्न कँडेल, रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ लगायत विभिन्न सङ्घ संस्थाका प्रमुखहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरू सहित स्थानीय पनि धान रोपाई गरेका थिए ।
यस्तै कृषि विकास कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका–१ सानीमदौ स्थित रामेछाप पोलिटेक्निकल इन्स्टिच्युटमा पनि धान रोपाई गरी दही चिउरा खाएर राष्ट्रिय रोपाई महोत्सव एवं धान दिवस मनाइएको छ । त्यसै गरी लिखुतामाकोशी गाउँपालिकाले वडा नं ६ खिम्ती फाँटमा धान रोपाई गरी राष्ट्रिय रोपाई महोत्सव एवं धान दिवस मनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च