टी२० विश्वकप फाइनल – भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लियो

१५ असार, काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् ।

पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।

Advertisement

भारतले सन् २००७ को टी–२० विश्वकप फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । सन् २०१४ को टी–२० विश्वकप फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले हारेको थियो । उता दक्षिण अफ्रिका कुनै पनि विश्वकपको पहिलो पटक फाइनल खेल्दैछ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण १–१ अंक बाँडेको थियो । सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।

Advertisement

उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराएको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च