किसानलाई अनुदानमा कृषि उपकरण

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीका कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ । वडा कार्यालयले असार १५ गते (हिजो) राष्ट्रिय रोपाई महोत्सव एवं धान दिवसको अवसर पारेर किसानलाई माग अनुसारका आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी दिएको खिम्तीका वडा अध्यक्ष शिव न्यौपानेले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट पालिका तहमा दर्ता भएका व्यावसायिक कृषि तथा पशुपन्छी फार्महरूलाई ५० प्रतिशत र केही ७५ प्रतिशत अनुदानमा विभिन्न उपकरण तथा अनुदान प्रदान गरिएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

Advertisement

साबिकका खिम्ती गाउँ विकास समिति अनुसारका वडा तथा टोल अनुसार किसानसँग आवेदन माग गरी छनौट भएको व्यावसायिक कृषि तथा पशुपन्छी फार्म र व्यक्तिहरूलाई अनुदानमा कृषि उपकरणहरू वितरण गरिएको उहाँले बताउनुभयो ।

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजन गरेको ४ लाख रुपैयाँ बजेटबाट ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर १३ थान र पिसानी मिल ४ थान र वडाका ४ जना बाख्रा पालक कृषकहरूलाई ७५ प्रतिशत अनुदानमा उन्नत जातका बोका र खोर निर्माणमा अनुदान दिइएको उहाँले बताउनुभयो ।

Advertisement

वडा अध्यक्ष न्यौपानेले भन्नुभयो “किसानले गोरु पाल्न छाडे । परम्परागत रूपमा खेती लगाउँदा समय धेरै लाग्छ । खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।”

कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्य सहित किसानलाई खेती गर्न सहज होस् भनेर ती उपकरणहरू अनुदानमा वितरण गरिएको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले बताउनुभयो । कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्नेमा उहाँको जोड छ ।
अनुदान सहयोगमा हाते ट्र्याक्टर प्राप्त गर्नुभएका कृषक प्रेम बहादुर खड्काले अब किसानको समय र पैसा बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो “जोत्ने मान्छे नहुँदा र रोगका कारणले गाउँमा गोरु पाल्न सकिएन । गोरु नहुँदा गाउँमा हाते ट्र्याक्टर आवश्यक थियो । पालो कुरेर अरूलाई बोलाउनुपर्ने अवस्था थियो । अनि महँगो रुपैयाँ पनि तिर्नुपर्ने बाध्यता थियो । अब पैसा र समय बचत हुने विश्वास छ ।’’

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च