कृषि काममा महिलाको सक्रियता बढ्दो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१२ अम्बासवेशीका महिलाहरूको कृषि र पशु पालनमा सक्रियता बढेको छ । अम्बासवेशी मुनिबाट तामाकोशी निरन्तर बगिरहेको छ । तर यहाँ पर्याप्त मात्रामा सिँचाई सुविधा छैन ।

धान, मकै, गहुँ र तरकारीहरू राम्रो उत्पादन हुने अम्बासवेशी भैँसी र बाख्रा पालनको पनि राम्रो सम्भावना छ । पछिल्लो समय कृषिमा होस या बाख्रा तथा भैँसी पालनमा महिलाहरू सक्रिय रूपमा लागेका छन् । यहाँका महिलाहरू कृषि क्षेत्रमा आवश्यक सिँचाई, यन्त्र उपकरण, अनुदान, बिउ बिजन र प्राविधिक सहयोग जस्ता कुराहरूमा समूहमा छलफल गरी सम्बन्धित निकायसम्म पुग्ने गरेका छन् ।

Advertisement

यहाँका महिलाहरू कृषि र पशु पालन मार्फत आय आर्जन गरी आफ्नो परिवार र समाजकै अवस्था परिवर्तनका लागि एकताबद्ध भएर लागेका छन् । मन्थली नगरपालिका–१२ अम्बासवेशी दुई वटा महिला समूह नै बनाएर महिलाहरू कृषि तथा पशुपालनमा सक्रिय रूपमा लागेका हुन् ।

मन्थली नगरपालिका तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र पहाडी समाज कल्याण केन्द्रको सजिकरणमा २५ जनाको सिद्देश्वर महादेव स्वावलम्बी महिला समूह र २५ जना भन्दा बढी महिलाको सहभागितामा अर्को भुपालेश्वर महिला समूह बनाइएको छ ।

Advertisement

यही समूहबाट यहाँका महिलाहरूले कृषि र पशु पालनका क्षेत्रमा रहेका समस्याहरूको बारेमा सामूहिक छलफल गरी वडा तथा मन्थली नगरपालिकालाई झकझक्याइरहेको सिद्देश्वर महादेव स्वावलम्बी महिला समूहकी अध्यक्ष कविता पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘अहिले गाउँमा पुरुष भन्दा महिला बढी छन् ।

गाउँमा पुरुषहरू त्यति बस्दैनन् । त्यसैले यहाँका महिलाहरू समूह नै बनाएर कृषि र पशु पालनका क्षेत्रमा सक्रिय रूपमा लागेका छन् । अहिले हाम्रो समूहका ७ जनाले आधुनिक बाख्राको खोर र ९ जनाले भैँसीको गोठ बनाएर बाख्रा तथा भैँसी पालन गरिरहेका छन् ।’’

Advertisement

उहाँका अनुसार यसरी समूह मार्फत निर्माण गरिएको बाख्रा खोर तथा भैँसी गोठ बनाउने सदस्यहरूलाई मन्थली नगरपालिका तथा हेफर प्रोजेक्ट नेपालले २०÷२० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कृषि र पशुपालनमा मल, जल र बलको आवश्यक पर्ने भए पनि यहाँ मल र बल मात्रै भएको जलको पर्याप्त सुविधा नहुँदा किसानहरू समस्यामा परेको सिद्देश्वर महादेव स्वावलम्बी महिला समूहकी सचिव कल्पना खड्काले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘कृषि गर्नका लागि बल, मल र जल भए मात्रै हुने रैछ । यहाँ बल र मल चाहिँ छ, जल छैन । यही तलबाट तामाकोशी बगिरहेको छ ।

पानी तन्ने पम र पाइप भए कोशीको पानी तानेर भए पनि सिँचाई गर्न सकिन्थ्यो । यसबारेमा समूह मार्फत नगरपालिकालाई पनि भनिरहेका छौँ ।’’
अहिले गाउँमा जोत्ने मान्छे नहुँदा गोरु पाल्न छाडेकाले खेतबारी जोत्ने ट्याक्टर र धान झार्न थ्रेसर अत्यावश्यक भएकाले कृषि कर्मका लागि प्रयोग हुने यस्ता यन्त्र उपकरणहरू किसानले पाउन सके धेरै राम्रो हुने उहाँले बताउनुभयो ।

१४ वटा वडा रहेको मन्थली नगरपालिकाको अधिकांश वडाहरू अति सुख्खा ग्रस्त रहेकाले ती वडाहरूमा सिँचाइको चरम समस्या रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । यही कुरालाई ध्यानमा राखेर नगरले आगामी वर्षका लागि पनि भूमिगत तथा साना सिँचाई व्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘मन्थली नगरपालिकाका अधिकांश वडाहरूमा सिँचाइको चरम समस्या छ । यही कुरालाई मध्यनजर गरी नगरले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा कृषि योग्य स्थानहरूमा सङ्घ र प्रदेशको आयोजनाहरूसँग दोहोरोपना नहुने गरी सिँचाइका कार्यक्रमहरू सञ्चालन गर्छ ।
भूमिगत तथा अन्य साना सिँचाई व्यवस्थापनका लागि नगरले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।’’ नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने योजना अनुरूप नीति, कार्यक्रम र बजेट ल्याएको पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च