नेपालमा ज्यान सम्बन्धि कसुर र सजाय सम्बन्धि ब्यवस्था

कसैको ज्यान लिने कार्य मानब सभ्यातामै गम्भीर प्रकृति को अपराध हो । जसलाई कानुनी रुपमा क्षमायोग्य मानिदैन । कानुन बमोजिम बाहेक कसैलाई पनि कसैको ज्यान लिने अधिकार हुदैन । नेपालको हाल प्रचलित कानुन अनुसार जन्म कैदसम्मको सजाय हुने ज्यान सम्बधि कसुर एक अत्यन्तै गम्भीर प्रकृतिको अमानबिय अपराधको रुपमा उल्लेख गरिएको छ । सामान्य बोलीचालिको भाषामा हत्या भनिने यस कसुरलाई अँग्रेजीमा Homicide अन्र्तगत राखिएको छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद १२ मा ज्यान सम्बन्धी ९ वटा कसूरहरूको बिबरत्नात्मक वर्गीकरणर र त्यस्ता कसुरमा हुने सजायको बारेमा दफा १७७ देखि १८७ सम्म व्यवस्था गरिएकोछ । जुन यस प्रकार रहेको छ ।
दफा १७७. ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने :
(१) कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन ।
स्पष्टीकरण ःयस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मार्न सक्नेगरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षतिपुर्याएकोमा तत्कालै ज्याननमरी सोही चोटको परिणाम स्वरुप पछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यानमारेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजायहुने छ।
दफा १७८. ज्यान जानसक्ने काम गर्न नहुने :
(१) कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जानसक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने कारण हुँदाहुँदै त्यस्तो काम गर्नहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कारणबाट कसैको ज्यान मरेमा कसूरदारलाई जन्मकैदको सजायहुनेछ ।
दफा १७९. गम्भीर उत्तेजना वारीसको आवेशबाट ज्यान लिन नहुने :
(१) दफा १७७ वा १७८ मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायको अवस्थामा ज्यानलिने व्यक्तिलाई दशदेखि पन्ध्र वर्षसम्म कैद र एक लाख रुपैयाँँदेखि एक लाख पचाँस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ
(क) कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयम्को शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेकोमा,
तर देहायको अवस्थामा यो खण्ड लागू हुनेछैन 
(१) कसैले कानूनको पालना गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा, कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्यको पालन गर्दा वा पालन गर्न लागेको कुनै कामबाट कसूरदार उत्तेजित हुनगएमा,
(२) कसैलाई कुनै क्षति पुर्याउने नियतले कसूरदार स्वयंले उत्तेजित गराएको र त्यसरी उत्तेजित भई त्यस्तोे व्यक्तिले गरेको कामबाट कसैको ज्यान गएकोमा,
(ख) निजी रक्षाको अधिकार असल नियतले प्रयोगगर्दा त्यस्तो अधिकारको सीमा नाघ्नगई जसको बिरुद्ध त्यस्तो अधिकार प्रयोग भएको हो सा ेव्यक्तिको ज्यान मरेकोमा,
(ग) एकाएक भएको झगडामा उठेको रीसको आवेशमा तत्काल कसैको ज्यान मरेकोमा,
तर यस खण्ड बमोजिमको काम गर्दा कसूरदारले अनुचित लाभहासिल गरेको वा क्रुुर वा अस्वभाविक तवरबाट कामगरेको हुनुहुँदैन।
(२) उपदफा (१) कोखण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भएता पनि इवीलिएर वा सोचविचारगरेर ज्यान लिएकोमा सो खण्डहरुमा लेखिएको व्यवस्था लागू हुनेछैन।
दफा १८०. मार्न चाहेकोव् यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुने :
दफा १७७, १७८ र १७९ माजुनसुकै कुरा लेखिएको भएता पनि कसैलेकसैलाई मार्ने नियतले वा कुनैव्यक्ति मर्नसक्छ भन्ने जानीजानी वा त्यसको विश्वास गर्नुपर्ने कारण भई कुनै काम गर्दा त्यस्तोव्यक्ति नमरी अर्को व्यक्ति मर्न गएमा निजलाई अवस्था अनुसार दफा १७७, १७८ र १७९ मालेखिए बमोजिमको सजाय हुनेछ।
दफा १८१. लापरवाही पूर्ण काम गरी ज्यान मार्न नहुने :
(१) कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मार्नहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९को अवस्थामा बाहेक तीनदेखि दशवर्षसम्म कैद र तीसहजार रुपैयाँँदेखि एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ।
दफा १८२. हेलचक्र्याईं गरी ज्यान मार्न नहुने :
(१) दफा १७९ को अवस्थामा बाहेक कसैले हेलचक्र्याइपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँँसम्म जरिबाना हुनेछ।
(३) उपदफा (१) मा लेखिएदेखि बाहेक कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई छ महिनादेखि दुईवर्षसम्म कैद वा बीस हजाररुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ।
दफा १८३. ज्यानमार्ने उद्योग गर्न नहुने :
(१) कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वागराउने व्यक्तिलाई दशवर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ।
१८४. आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने :
(१) कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरापुग्न सक्नेगरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँँसम्म जरिबाना हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूरबाट त्यस्तो बालबालिका, अशक्त, रोगी वा बृद्ध व्यक्ति मरेको रहेछ भने कसूरदारलाई सात वर्षसम्म कैदर सत्तरी हजार रुपैयाँँसम्म जरिबाना हुनेछ।
तर फालिएको, परित्याग गरिएको वा वेवास्ता गरी छाडेको कारणबाट नवजातशिशुको मृत्य भएमा दफा १७७ बमोजिम सजाय हुनेछ।
दफा १८५. आत्महत्या गर्न दुरुत्साहन दिन नहुने :
(१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँचवर्षसम्म कैद र पचाँस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ।
दफा १८६. क्षतिपूर्ति भराई दिनुपर्ने :
यस परिच्छेद बमोजिम भएको कसूरबाट कसैको जिउ, ज्यान वा सम्पत्तिमा हानि, नोक्सानी वा क्षति भएमा कसूरदारबाट पीडित व्यक्ति र निज नभए निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनुपर्नेछ।
दफा १८७. हदम्याद :
(१) दफा १७७, १७८, १७९, १८०, १८१, १८२ र १८४ को उपदफा (३) मा रहेको प्रतिबन्धात्क वा क्यांश अन्तर्गतका कसूरमा कसूरदार आफैं साबित भई बोलेकोमा जहिलेसुकै पनि उजुर लाग्नेछ । त्यस्तो कसूरमा कर्तव्यको उजुरीपरेकोमा अनुसन्धानबाट कर्तव्य वाला यही हो भन्ने पत्ता नलागेकोमा बीस वर्षपछि र कर्तव्यको उजुर नपरेकोमा सो वारदात भएको दुई वर्षपछि उजुरी लाग्ने छैन।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेकका यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।

लेखक : विनोद कुमार श्रेष्ठ (अधिवक्ता)

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च