रामेछाप । रामेछापको मन्थलीमा मौरी आतङ्क देखिएको छ । मन्थली नगरपालिका–२ आकाशेमा मौरी आतङ्क देखिएको हो । सोमबार बिहानै देखि यो स्थानमा मौरी आतङ्क देखिएको स्थानीयको भनाइ छ ।
बिहानै देखि आतङ्कित बनेका मौरीले मन्थली–खिम्ती सडक मर्म सम्भार तथा कालोपत्रेका लागि अलकत्रा तताउने काम गरिरहेका गोलन्जोर कन्ट्रक्शन का कर्मचारी र ड्युटीमा खटिएका प्रहरीहरूलाई समेत टोकेको गोलन्जोर कन्ट्रक्शन का सुवास देवकोटाले बताउनुभयो ।
Advertisement
काम गरिरहेका कर्मचारीहरूलाई मौरीले टोकेर बिरामी परेका आफ्ना तीन जना कर्मचारीको मन्थली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मौरीले हालसम्म एक दर्जनभन्दा बढीलाई टोकिसकेको छ ।
बिच्किएको मौरीले ड्युटीमा खटिएका प्रहरीहरूलाई समेट टोकेको गोलन्जोर कन्ट्रक्शन का देवकोटाले बताउनुभयो ।
अहिले मौरीले टोकेर बिरामी परेका ३ जनाको अस्पतालमा उपचार भइरहेको मन्थली अस्पतालका सूचना अधिकारी डा. विक्रम ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘मौरीले टोकेका ३ जना बिरामीको मन्थली अस्पतालमा उपचार भइरहेको छ । अहिले तीनै जनाको स्वास्थ्य अवस्था सामान्य नै छ । बिरामीको थप रिपोर्टहरू आउन वाकिनै छ ।’’
प्रतिक्रिया