काठमाडौँ । नेपालले कांग्रेस–एमाले गठबन्धनलाई जसपाले पनि साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताएका छन् ।
माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए ।
Advertisement
जसपा नेपालका अध्यक्ष यादवले पनि आफ्नो पार्टी सत्ता गठबन्धनले विभाजन गरेको आरोप लगाउँदै आएका छन् । सत्ता गठबन्धनमध्ये माओवादी अहिले एक्लै देखिएको छ । एमाले र कांग्रेसले गठबन्धन बनाएका छन् ।
त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन । यद्यपि जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।
प्रतिक्रिया