काठमाडौं । राजनीतिक स्थायित्व,आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग सहमति गरिएको नेपाली कांग्रेसले बताएको छ ।
एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रियामा जाने निर्णय गरेको हो ।
Advertisement
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए ।
डा.महतले अब सबैभन्दा ठूलो दलले समर्थन फिर्ता लिइसकेपछि नेतृत्व आफैंले बुझ्नुपर्ने बताए । पार्टी कार्यसम्पादन समितिको बैठक भोली ९ बजे बसेर समझदारी अनुमोदन गर्ने डा. महतले जानकारी दिए ।
प्रतिक्रिया