रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीले एक व्यक्ति बराबर कम्तीमा ५० बोट बिरुवा रोप्नुपर्ने नीति लिएको छ ।
एक व्यक्तिले कम्तीमा ५० वटा बिरुवा लगाउन पर्ने नीति अनुरूप वडा कार्यालयले ८ हजार बढी विभिन्न प्रजातिका फलफूल तथा कफीका बिरुवा व्यवस्थापन गरेको छ ।
Advertisement
एक व्यक्तिले कम्तीमा ५० बोट बिरुवा रोप्ने नीति अनुरूप कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित ५ लाख रुपैयाँ बजेटबाट ८ हजार १०० बिरुवाको व्यवस्थापन गरिएको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले बताउनुभयो ।
मागमा आधारित कृषि कार्यक्रम अन्तरगत वडा कार्यालयले एक हजार ५०० बोट आँप , ४०० बोट लिची, १ हजार ५०० बोट एभोकार्डाे , २ हजार बोट कफी र २ हजार ७०० बोट कागतीका बिरुवा किसानको माग अनुसार व्यवस्थापन गरी वितरण गरिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
प्रतिक्रिया