काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला अदालत काठमाण्डौका न्यायाधीश शकुन्तला कार्कीको इजलासले आज पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको हो । थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले गएको शुक्रवार पक्राउ गरेको थियो ।
Advertisement
उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए । शुक्रवार नै विशेष ब्युरोको टोलीले बेचन झालाई पनि पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौले उनीविरुद्ध पूरक अनुसन्धान गर्ने तयारी गरेको छ । शुक्रवारदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
प्रतिक्रिया