प्रचण्डले राजीनामा नदिएपछि एमालेले आजै सरकार छाड्दै

काठमाडा । नेकपा एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । हिजो बसेको सचिवालय बैठकले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो । तर, प्रचण्डले राजीनामा नदिएपछि एमाले आफै सरकारबाट हट्ने भएका छ ।
दिउँसो ३ बजेपछि एमालेले मन्त्री फिर्ता बोलाउने र समर्थन फिर्ता गरेको निर्णय गराउने एमालेले जनाएको छ । सरकारमा एमालेका ८ जना मन्त्री छन् ।
गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । एमालेले कांग्रेसबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

One thought on “प्रचण्डले राजीनामा नदिएपछि एमालेले आजै सरकार छाड्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च