रामेछापको साँघुटार बजारमा सिसिटिभी क्यामेरा र सडक बत्ती जडान, प्रहरी निगरानी कक्ष पनि स्थापना

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–३ साँघुटारमा सिसिटिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । सडक बत्ती र सिसिटिभी जडानसँगै प्रहरीको मोनिटर हुने विकेट रहने कक्ष पनि स्थापना गरिएको छ ।

बढ्दो चोरीका घटनाहरूलाई मध्यनजर गर्दै अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई मजबुत बनाउँदै साँघुटार बजार क्षेत्र सहित रामेछाप र ओखलढुङ्गाको सीमा नाकाबाट भित्रिने र बाहिरिने सवारी साधन, मानिसहरूको चेकजाँच तथा निगरानी बढाउन सडक बत्ती र सिसिटिभी जडानसँगै प्रहरीको मोनिटर कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार सुरक्षा निगरानीका लागि साँघुटार बजारमा ४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । जसको सहायताले प्रहरी चौकी साँघुटार रामेछापबाट प्रहरी परिचालन भएका प्रहरीले मोनिटर कक्षबाट २४ सै घण्टा निगरानी गर्नेछन् ।

निगरानी कक्षको बुधवार रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपाने, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंह, रामेछाप नगरपालिका–३ साँघुटारका वडा अध्यक्ष दलबहादुर प्रधानको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च