रामेछाप । चिसो सिरेटो, क्षण–क्षणमा बहकिने भुँइ कुहिरो । मौसम पनि आगन्तुकसँग लुकामारी खेले झैँ लाग्ने । मन्थली नगरपालिका–१४ फुलासी स्थित भोटनागी चिया बगान रामेछापको खास सौन्दर्य, अनगिन्ती सम्भावना बोकेको पर्यटकीय स्थल ।
मनै लोभ्याउने भोटनागी चिया बगानको सौन्दर्यसँग रमाउँदै क्षण–क्षणमा बहकिने भुँइ कुहिरोमा हराउन आउने जो कोहीले न्यानो लुगाको व्यवस्था चाहिँ गर्नै पर्छ । यहाँको हावापानी अलिक चिसो नै छ ।
Advertisement
भोटनागी अब हिजोको रूपमा छैन । भोटनागीमा न अब नाङ्गा पाखा देखिन्छन्, न घँगारु घारी र बुट्यान नै देखिन्छन् । सबै तिर लहर मिलेका चियाका बोट र कलकलाउँदा मुना देखिन्छन् । अहिले यहाँको वातावरण र चिया बगानले जो कोहीको मन लोभ्याउँछ । यहाँको सुन्दरता र वातावरणसँग जो कोहीको तत्कालै प्रेम बसिहाल्छ ।
२०६९ सालसम्म सल्लेनी वन र घँगारु घारीले जेलिएको रामेछापको मन्थली नगरपालिका– १४ फुलासीको भोटनागीको विगत केही वर्षदेखि रूप फेरिएको छ । भोटनागीका पाखा पखेर अहिले मनै लोभ्याउने चिया बगानमा परिणत भएको छ ।
Advertisement
भोटनागी अब हिजोको रूपमा छैन । भोटनागीमा न अब नाङ्गा पाखा देखिन्छन्, न घँगारु घारी र बुट्यान नै देखिन्छन् । सबै तिर लहर मिलेका चियाका बोट र कलकलाउँदा मुना देखिन्छन् । अहिले यहाँको वातावरण र चिया बगानले जो कोहीको मन लोभ्याउँछ । यहाँको सुन्दरता र वातावरणसँग जो कोहीको तत्कालै प्रेम बसिहाल्छ । स्थानीयका अनुसार भोटनागीमा स्थानीयले एक सहकारी स्थापना गरी सो क्षेत्रको ३५० रोपनी जमिनमा २०६९ सालबाट चिया लगाउन सुरु गरेका हुन् ।
समुन्द्री सतहबाट २ हजार मिटर माथि रहेको भोटनागी चिया खेतीको लागि उपयुक्त हावापानी भएको ठाउँ हो । त्यसैले यहाँको चिया खेती निक्कै फस्टाएको देखिन्छ । भोटनागीमा अहिले ४०० रोपनी भन्दा बढी जमिनमा चिया खेती रहेको नेचुरल एन्ड अर्ग्यानिक प्रोडक्ट प्रालि मार्फत गरिएको चिया बगानका व्यवस्थापक शम्भुबहादुर खड्का क्षेत्री बताउनुहुन्छ ।
Advertisement
झापा स्थायी घर भएका खड्काले भन्नुभयो “हाम्रो कम्पनीको १२५ रोपनी जमिनमा चिया बगान छ । यहाँका स्थानीय किसानसँग सहकार्य गरेर चिया खेती गरिएको छ । सहकारी, व्यक्ति सबैको जोड्दा यहाँ ४०० रोपनी भन्दा बढी जमिनमा चिया खेती गरिएको छ । भोटनागी चिया उत्पादनका लागि अति राम्रो ठाउँ हो । यहाँ इलाम र दार्जिलिङको भन्दा पनि गुणस्तरीय चिया उत्पादन हुन्छ ।”
अहिले १० वर्ष बिरुवा भइसकेको भेटनागीमा लगाइएको चिया वर्षमा २८ पटक टिप्न मिल्ने उहाँले बताउनुभयो । ‘चियाका लागि इलाम र दार्जिलिङको भन्दा उपयुक्त ठाउँ हो यो, हरियो सुन उत्पादन गर्न सकिने यो ठाउँमा चिया खेती थप विस्तारका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको विशेष ध्यान जान आवश्यक छ’, उहाँले भन्नुभयो ।
१० वर्ष अगाडीबाटै चिया खेती सुरु भएको भोटनागीमा चियाको प्रशोधन केन्द्र भने स्थापना हुन सकेको छैन । जसका कारण यहाँ उत्पादन भएको चिया प्रशोधनका लागि काठमाडौँ पठाउनुपर्ने यहाँका किसानहरुको बाध्यता छ । भोटनागीमा चियाको राजा अर्थोडक्स चिया उत्पादन हुन्छ । ग्रिन टिको नामले परिचित यो चिया अर्ग्यानिक चिया हो ।
प्रशोधन केन्द्र निर्माण गरी यहाँ उत्पादन भएको अर्ग्यानिक कालो चिया, पहेँलो चिया र सेतो चिया बनाउने तयारी भइरहेको नेचुरल एन्ड अर्ग्यानिक प्रोडक्ट प्रालिका व्यवस्थापक खड्का बताउनुहुन्छ । भोटनागीमा उत्पादन भई प्रशोधन गरिएको चियाको स्वदेशमा मात्रै होइन विदेशमा समेत राम्रो माग रहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय भोटनागीलाई चिया पकेट क्षेत्रका रूपमा विकास गर्ने तिर स्थानीय सरकारको पनि ध्यान तानिएको छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भोटनागीलाई चिया पकेट क्षेत्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अवलोकन गरिरहेको छ ।
भोटनागीलाई चिया पकेट क्षेत्र सहित ’होमस्टे’ सञ्चालन गरी आन्तरिक पर्यटकको वृद्धि गर्ने योजना अनुरूप मन्थली नगरपालिका लागेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो ‘‘भोटनागीमा चिया खेती विस्तारमा नगरपालिकाले सहयोग गरिरहेको छ । त्यहा वडा कार्यालय मार्फत चियाको बिरुवा वितरण गरिएको छ । चिया उत्पादनका लागि स्थानीय कृषकलाई तालिम प्रदान सँगै विभिन्न सामाग्रीहरू पनि वितरण गरिएको छ । अब ’होमस्टे’ हरु सञ्चालन गरी धेरै भन्दा धेरे आन्तरिक पर्यटकलाई चिया बगाउने पु¥याउने हाम्रो लक्ष्य छ । ”
भोटनागी अर्ग्यानिक चिया उत्पादक सहकारी संस्था लिमिटेड मार्फत यहाँका स्थानीय धेरै घर परिवार चिया खेतीमा जोडिएका छन् । यहाँको चिया बगानबाट स्थानीयले रोजगारी पनि पाएका छन् । स्थानीयले सहकारी मार्फत मात्र होइन व्यक्तिगत रूपमा समेत आफ्नो जमिनमा चिया खेती विस्तार गर्दै लगेका छन् ।
प्रतिक्रिया