एकीकृत समाजवादीले ’प्रचण्ड’ लाई विश्वासको मत दिने

काठमाण्डौ, नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भूसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई पार्टीले विश्वासको मत दिने बताएका छन्।
महाधिवेशनस्थल कमलादीमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा भूसालले प्रचण्ड नेतृत्वको सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता नहुने बताए।
दाहाल नेतृत्वको संघीय सरकारमा एकीकृत समाजवादीका दुई जना मन्त्री छन्। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।
नेकपा (एमाले) ले दाहाल नेतृत्वको सरकारलाई बुधबार समर्थन फिर्ता लिएको थियो। एमालेका ८ मन्त्रीहरूले बुधबार नै पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री दाहालले तत्काल पदबाट राजीनामा नदिने बरू संसद फेस गर्ने बताइरहेका छन्।
भूसालले सकेसम्म महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिने बताए।

‘महाधिवेशनबाट हामी निक्लदा एकताबद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा हामीले छलफल गर्दैछौँ,’ भूसालले भने, ‘सबै प्रतिनिधिहरूको चासो, चिन्ता, सङ्कल्प, प्रयत्न त्यही नै हो, त्यसमा हामी निराश छैनौँ। अलिकति समय लागेको छ, तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ।’

Advertisement

(न्युज एजेन्सी नेपाल)

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च