मन्थली नगरपालिकालाई आगामी चैतसम्म बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने लक्ष्य

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले २०८१ चैत मसान्तसम्म मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बनाउने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को गत जेठ महिनासम्म बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने लक्ष्य पूरा नभएपछि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को चैत महिनासम्म बालमैत्री स्थानीय शासन युक्त नगर बनाउने अर्को लक्ष्य लिएको हो ।

Advertisement

नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति कार्यक्रम र बजेटमा बालमैत्री स्थानीय शासन कार्यक्रमलाई सघन रूपमा अगाडी बढाउने गरी बजेट विनियोजन गरिएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो ।

आगामी चैत महिनासम्म बालमैत्री स्थानीय शासन युक्त नगर बनाउन नगरले बालमैत्री स्थानीय शासन कार्यक्रमलाई सघन रूपमा अगाडी बढाई आवश्यक सूचकहरू प्राप्ति तथा सम्पूर्ण कार्य पूरा गर्न साथै सामाजिक समावेशीकरण बालमैत्री कार्यक्रम लगानी योजनालाई सञ्चालन गर्न एक करोड ३५ लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

Advertisement

मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को गत जेठ महिना मै बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर हालसम्म १४ वडा रहेको मन्थली नगरपालिकाको एउटा वडा पनि बालमैत्री स्थानीय शासन युक्त घोषणा हुन सकेको छैन । नगरले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्ष २०८०÷०८१ को भन्दा दुई करोड ५७ लाख ११ हजार ८३७ रुपैयाँले कमी हो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च