रामेछापका विभिन्न स्थानमा सडक अवरुद्ध

रामेछाप । गयराति देखिको लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण रामेछापका विभिन्न स्थानमा सडकअवरुद्ध भएका छन् । मन्थली नगरपालिका १० गिनटोल खोलामा लगातारको वर्षापछि बाढीसँगै लेदो आउँदा सडक अवरोध भएको छ ।

सोही ठाउँको बाथरबुट्टामा माथिबाट पहिरो खस्दा मन्थली नगरपालिका–१४ फुलासी हुँदै पोखरी जोड्ने कच्ची सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी चौकी फुलासीले जनाएको छ ।

Advertisement

त्यसै गरी खाँडादेवी गाउँपालिका–१ र सुनापति गाउँपालिका–५ को सिमानामा रहेको लुभुखोलामा बाढी आएको कारण बाटो अवरोध भएको प्रहरी चौकी लुभुघाटले जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च