काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा शनिबार भएको आपत्कालीन बैठकमा गृहमन्त्री लामिछानेले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् ।
Advertisement
बैठकमा सुरक्षा निकायले अहिलेसम्मको अवस्थाको बारेमा जानकारी गराएका थिए । गृहमन्त्री लामिछानेले ’कमान्ड पोस्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे ।
प्रतिक्रिया