तामाकोशी र सुनकोशी आसपासमा सतर्क रहन रामेछाप प्रहरीको माइकिङ

रामेछाप । शुक्रवार रातीदेखिको अविरल वर्षाको कारण रामेछापको मुख्य नदी तामाकोशी र सुनकोशीमा जल सतह बढेको छ ।

यी दुई वटा नदीमा पानीको बहाव पढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन माइकिङ मार्फत आग्रह गरेको छ ।

Advertisement

सुनकोशी, तामाकोशी लिखु सहित जिल्लाका ठुला नदी र खोला किनारामा रहेका बासिन्दालाई उच्च सतर्क रहन माइकिङ मार्फत आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले बताए । जिल्लाभित्र मुख्य सडक अवरुद्ध नभए पनि नदीहरूमा जल सतह निकै बढेको बताउँदै सतर्क रहन नदी किनाराका बासिन्दालाई आग्रह गरिएको डिएसपी सिंहको भनाइ छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च