रामेछाप । शुक्रवार रातिदेखि परेको पानीका कारण रामेछाप जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो आएको छ । यो समाचार तयार पार्दासम्म बाढी पहिरोका कारण जिल्लामा कुनै मानवीय क्षति नभए पनि विभिन्न स्थानमा सडक भने आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
वर्षाका कारण खाँडादेवी गाउँपालिकामा एउटा घर भत्किएको छ । खाँडादेवी गाउँपालिका–८ घेखोर स्थित सूर्य तामाङको खरले छाएको ढुङ्गा माटोले बनेको दुई तले कच्ची घर भत्किएको छ ।
Advertisement
अविरल वर्षका कारण शनिवार दिउँसो तामाङको घरको पूर्व तर्फको भित्ता भत्किएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनामा मानवीय क्षति नभएको, स्थानीयको सहयोगमा घर भित्र रहेको सम्पूर्ण सामान सूर्य तामाङका भाइ प्रेम सिंह तामाङको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रतिक्रिया