खाँडादेवी गाउँपालिकामा हरित गाउँ योजना, १४ हजार बढी बिरुवा रोपिने

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले हरित पालिका निर्माण अभियानमा सहभागी हुन नागरिकलाई आह्वान गरेको छ । गाउँपालिकाले हरित पालिका निर्माणको लागि सडक किनार र पहिरो जान सक्ने ठाउँमा बाँस रोप्ने अभियान ल्याएको छ ।

त्यस्तै बाँझो जमिन र पाखोमा टिम्मुर तथा तेज पात र कपुर तथा बारी कान्लामा कटहरका बिरुवा लगाउन आह्वान गरेको छ । गाउँपालिकाले किसानको माग अनुसार बिरुवाहरू गाउँमा नै पु¥याउने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

वृक्षारोपणका लागि गाउँपालिका ३ हजार बाँसका कटिङ, ३ हजार टिम्मुर, ३ हजार कटहर, ३ हजार तेज पात र ५ हजार कपुरका बिरुवा बन्दोबस्त गरिसकेको उहाँले बताउनुभयो । गाउँपालिकाले बिरुवा निःशुल्क प्राप्त गरेको र बस्तीसम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाइने श्रेष्ठको भनाइ छ ।

मागका आधारमा अन्य बिरुवा पनि थप्न सकिने उहाँले बताउनुभयो सो अभियान अन्तर्गत गाउँपालिकाको युवा परिषद्ले विभिन्न वडामा वृक्षारोपण अभियान सुरु गरिसकेको छ । परिषद्ले विभिन्न विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक स्थलमा वृक्षारोपण गरेको छ भने नागरिकलाई पनि सो अभियानमा सहभागी हुन अनुरोध गरेको गाउँपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष मदन खड्काले जानकारी दिनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च