देश बचाउन काँग्रेस र एमाले मिलेर अगाडी बढ्न लागेको हो : कान्छाराम तामाङ

काठमाडौँ । नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङ कान्छारामले यो देशमा राम्रो काम गर्नका लागि देशका दुई ठुला राजनीतिक पार्टी नेकपा एमाले र नेपाली काँग्रेस मिलेर अगाडी बढ्न लागेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेस रामेछापका सभापति समेत रहनुभएको तामाङले यस्तो बताउनुभएको हो ।

Advertisement

उहाँले भन्नुभयो ‘‘सांसदमा घरी हामीलाई यो कुनामा लगेको छ । घरी त्यो कुनामा लगेको छ । आज यो कुनामा छौँ । अब ठुलो दल गौरवशाली पार्टी नेकपा एमाले र नेपाली काँग्रेस सरकारका जान लागेको छ । अब बन्ने सरकारलाई कम्तीमा तीन वर्षसम्म लैजानका लागि नेकपा एमालेका अध्यक्ष ज्यु र नेपाली काँग्रेसका सभापति ज्युलाई आग्रह गर्दछु । अब हामी सांसदहरूलाई ओल्लो कुना र पल्लो कुनामा नपार्ने गरी देश बनाउन लाग्न एमाले अध्यक्ष र काँग्रेस सभापतिलाई शुभकामना दिन चाहन्छु ।’’

अब बन्ने सरकारले यो पार्टी त्यो पार्टी नभनी एकजुट भएर जनताको चाहना अनुसार देश बनाउन लाग्नुपर्नेमा उहाँको जोड छ । अहिले देश गारो अवस्थामा रहेकाले अब देशलाई कसरी बचाउने भन्ने दीर्घकालीन योजनाका साथ आफ्नो पार्टी नभनी ७७ वटै जिल्लाका जनताका चाहना अनुसार काम गर्नुपर्ने उहाँको भनाइ छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च