काठमाडौं । अविरल वर्षाका कारण देशको पूर्वदेखि सुदूरपश्चिम भेगसम्म बाढीपहिरो र डुबानले जनजीवन अत्यधिक प्रभावित बनेको छ । लगातारको वर्षाले मध्यपहाडी भेगमा पहिरोले ठुलो जनधनको क्षति गरेको छ ।
त्यस्तै वर्षापछिको बाढीले पनि मानिसको ज्यान लिएको छ । बाढीपहिरोमा परी आइतबार थप छ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै शनिबार र आइतबार गरेर १५ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
Advertisement
बाढीपहिरोमा परेर थप दुई जना अझै बेपत्ता छन् । अन्य १८ जना घाइते भएका छन् । दुई दिनमा पहिराले मात्र नौ जनाको ज्यान लिएको छ । अन्य छ जना बाढीले बगाएर ज्यान गएको कार्कीले बताए । दुई दिनको विपत्मा भएको जिउधनको क्षति जोड्दा मनसुन अवधिमा ज्यान जानेको सङ्ख्या ७३ पुगेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
बाढीपहिरोले मात्र ४३ जना र चट्याङले १९ जनाको ज्यान लिएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए । अन्य सर्पदंश, जनावर आव्रmमण र आगलागीले ज्यान लिएको तथ्याङ्कसमेत गरी ७३ पुगेको हो । यस अवधिमा अन्य १३५ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् र यस अवधिमा अनुमानित २३ करोड रुपियाँभन्दा बढीको आर्थिक क्षति भइसकेको छ ।
प्रतिक्रिया