रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीको गाईखुरामा श्री नर्मदेश्वर महादेवको मन्दिर छ । यो महादेव मन्दिर जिल्लाकै ऐतिहासिक धार्मिक स्थलमध्ये एक हो । स्थानीयका अनुसार यो मन्दिर २०० वर्ष भन्दा बढी पुरानो मन्दिर हो । २०७२ सालको महाभूकम्पले क्षति गरेपछि अहिले यो मन्दिर नजिकै रहेको ऐतिहासिक सत्तल–पाटीको पुनः निर्माणको काम भइरहेको छ । पुरातात्त्विक विभागले मन्दिरमा रहेको सत्तल–पाटीको पुरातात्त्विक हिसाबले पुनः निर्माण गरिरहेको छ । यो नर्मदेश्वर मन्दिरको नाममा जग्गा जमिन छ । पुजारीले भोग चलन गरेको झन्डै पाँच रोपनी जग्गा पनि छ । यो महादेव मन्दिर र मन्दिरको नाममा रहेको जग्गाको संरक्षण पछिल्लो समय चुनौती पूर्ण बन्दै गएको छ । स्थानीयका अनुसार मन्दिरको स्थानीय रविलाल पुरी पुजारी हुनुहुन्थ्यो । रविलाल पुरीको स्वर्गारोहण पछि यो मन्दिरमा अहिलेसम्म अरू कोही पनि पुजारी बसेका छैनन् । शिवरात्रि, हरितालिका तिज, ठुलो एकादशी लगायतका पर्वहरूमा दर्शनार्थीहरुको भिड लाग्ने यो महादेव मन्दिरमा पुजारी नभएपछि क्रमशः दर्शन गर्न आउनेहरू घट्दै गएका छन् । सरोकारवाला निकायले बेवास्ता गर्दा महादेव मन्दिर, सत्तल–पाटी र यो मन्दिरको जग्गा जमिन संरक्षणमा समस्या हुँदै गएको छ । झन्डै २०० वर्ष पुरानो ऐतिहासिक यो महादेव मन्दिर र यसको जग्गा संरक्षण गर्न यहाँको समुदाय र स्थानीय सरकारको बढी दायित्व भए पनि यहाँका समुदाय र स्थानीय सरकारले खासै चासो नदिएको स्थानीयको भनाइ छ । वाइट ः सानो बाबु पुरी यो नर्मदेश्वर मन्दिरको नजिकै रहेको सत्तल–पाटीमा राखिएको शिलालेखमा वि.स १८८५ सालमा निर्माण भएको उल्लेख । यो सत्तल–पाटीको अहिले पुरातात्त्विक विभागले पुनः निर्माण गरिरहेको छ । सत्तल–पाटी १८८५ मा निर्माण भएको शिलालेख रहेकाले यो महादेव मन्दिर त्यो भन्दा अगाडी नै निर्माण भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । भूकम्पले क्षति गरेपछि मन्दिरमा रहेको सत्तल–पाटीको पुरातात्त्विक विभागले पुरातात्त्विक हिसाबले क्रमगत योजना अन्तरगत पुनः निर्माणको काम गरिरहेको छ । अहिले गाईखुरामा श्री नर्मदेश्वर महादेवको मन्दिर नजिकै रहेको सत्तल–पाटीको पुरातात्त्विक विभागले क्रमागत योजना अनुरूप पुनः निर्माण गरिरहेको छ ।
१९५ वर्ष पुरानो सत्तल–पाटीको पुनः निर्माण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया