एउटा सानो गाउँमा, जहाँ प्रकृतिको काखमा रमाउँदै बाँचिरहेका थिए श्याम र मीना। श्याम र मीना एउटै गाउँका, एउटै उमेरका र सानैदेखिका साथी साथी थिए। उनीहरू सँगै खेल्दै, सँगै हाँस्दै, सँगै पढ्दै हुर्किएका थिए। समयसँगै उनीहरूको मित्रता प्रगाढ हुँदै गयो र एकदिन त्यो मित्रता प्रेममा बदलियो।
श्याम र मीनाको प्रेमकथा निकै सरल र सुन्दर थियो। उनीहरूको प्रेममा कुनै बनावटीपन थिएन। हरेक साँझ पर्खाल छेउमा बसेर गफ गरिरहेका श्याम र मीनाको मुस्कानले गाउँभरिका मानिसहरूको मन जित्थ्यो। उनीहरू एकअर्कालाई निकै माया गर्थे र सधैं सँगै रहने कसम खाएका थिए। श्यामले मीनालाई भनेको एउटा कुरा मीनाको मनमा सधैं रहन्थ्यो – “मीना, म तिमीलाई कहिल्यै छोड्ने छैन।“
तर प्रेम कहिल्यै सरल हुँदैन। श्याम र मीनाको प्रेमकथा पनि अपवाद थिएन। उनीहरूको प्रेमको बारेमा गाउँभरि हल्ला चल्न थाल्यो। श्यामका बाबुआमा र मीनाका बाबुआमालाई यो कुरा थाहा भयो। उनीहरू दुवै परिवारको पृष्ठभूमि र समाजिक स्थितिका कारण यो सम्बन्ध स्वीकार्न तयार भएनन्।
श्यामका बाबुआमा उनलाई सम्झाउँथे – “श्याम, मीनाको परिवारसँग हाम्रो मेल हुँदैन। हाम्रो समाजमा यस्तो सम्बन्ध स्वीकार्य छैन।“ मीनाका बाबुआमा पनि उनलाई सम्झाउँथे – “मीना, श्यामसँग तिम्रो भविष्य छैन। हाम्रो समाजले यो सम्बन्ध कहिल्यै स्वीकार्ने छैन।“
बाबुआमाको असहमति र समाजको दबाबका बाबजुद, श्याम र मीनाको प्रेम कमजोर भएन। उनीहरू सँगै रहने कसमलाई तोड्न चाहँदैन थिए। उनीहरूले आफ्नो भविष्यको लागि संघर्ष गर्ने निर्णय गरे। श्यामले मीनालाई भने – “मीना, हामीले सँगै रहने निर्णय गरेका छौं भने, हामीले यो संघर्ष गर्नुपर्छ।“
श्याम र मीनाले घरबाट भाग्ने योजना बनाए। उनीहरूलाई थाहा थियो कि गाउँमा रहँदा उनीहरूको प्रेमलाई स्वीकृति पाउने सम्भावना थिएन। उनीहरूले ठूलो सहरमा गएर नयाँ जीवन सुरु गर्ने निर्णय गरे। रातको अँध्यारोमा, जब सबै सुतिसकेका थिए, श्याम र मीना गाउँबाट भागे। उनीहरू दुवैको मनमा डर थियो, तर एकअर्काप्रतिको प्रेमले त्यो डरलाई जितिरहेको थियो।
श्याम र मीनाले सहरमा नयाँ जीवन सुरु गरे। उनीहरूलाई सहरको जीवन असजिलो लाग्यो। यहाँको व्यस्तता र कोलाहलमा उनीहरू आफैंलाई हराएको महसुस गर्थे। तर उनीहरू एकअर्काको साथले बलियो थिए। श्यामले विभिन्न काम गर्न थाले, । मीनाले पनि सिलाइको काम गर्न थालिन्। उनीहरू दिनभर काम गर्थे र रातमा सँगै बस्दा एकअर्काको साथले थकान बिर्सिन्थे।
तर सहरको जीवन सजिलो थिएन। काम धेरै गरे पनि पैसाको अभावले उनीहरूको जीवन कठिन भइरहेको थियो। सस्तो भाडामा एउटा सानो कोठा लिएर बस्दा उनीहरूलाई दैनिक जीवन चलाउन निकै कठिनाइ भइरहेको थियो। उनीहरूलाई धेरैपटक निराशा पनि लाग्यो। तर श्यामले मीनालाई सधैं सम्झाउँथ्यो – “मीना, संघर्ष गरौं, हाम्रा लागि राम्रो दिन अवश्य आउनेछन्।“
समयसँगै, उनीहरूको आर्थिक स्थिति अलिक सुधार हुँदै गयो, तर नयाँ समस्या देखा प¥यो। मीना सधैं थकित र कमजोर महसुस गर्न थालिन्। श्यामले मीनालाई डाक्टरकहाँ लैजाने निर्णय गर्यो। डाक्टरले परीक्षणपछि भन्यो कि मीनालाई गम्भीर रोग लागेको छ र उनलाई तुरुन्तै उपचारको आवश्यकता छ। यो सुनेर श्यामको मुटु टुक्रियो। उनीहरू सँग उपचारको लागि पर्याप्त पैसा थिएन।
श्यामले मीनाको उपचारको लागि पैसा जुटाउन हरेक सम्भव उपाय अपनायो। उनले आफ्नो जति पनि सम्पत्ति थियो, सबै बेचे। साथीहरू र चिनजानका व्यक्तिहरूसँग ऋण मागे। दिनरात काम गरेर पनि, उनीसँग अझै पनि पर्याप्त पैसा थिएन। श्यामको आँखा भरी आँसु, तर उनको मनमा केवल एउटै कुरा थियो – मीनाको जीवन बचाउनु। उनले सहरका विभिन्न संस्थाहरूमा गएर सहयोग मागे।
पैसा जुटाएर श्यामले मीनालाई अस्पताल भर्ना ग¥यो। मीनाको स्वास्थ्य अवस्था गम्भीर थियो। श्यामले हरेक पल मीनाको साथमा बितायो। उनी अस्पतालको बेड छेउमा बसेर मीनालाई सम्झाउँदै भन्थ्यो – “मीना, म तिमीलाई माया गर्छु। तिमी चाँडै ठिक हुनेछ्यौ।“ मीनाको आँखा भरि आँसु हुन्थ्यो तर श्यामको प्रेमले उनलाई केही समयको लागि बलियो बनाएको थियो।
तर विधिको विधान सायद केही अर्को नै थियो। मीनाको स्वास्थ्य सुधार भएन र एकदिन उनले अन्तिम सास फेरिन। श्यामको मुटु टुक्रियो। उनले आफ्नो जिन्दगीको सबैभन्दा माया गर्ने मान्छे गुमायो । मीनाको अन्तिम बिदाइमा श्यामले उनको हात समातेर भने – “मीना, तिमी सधैं मेरो हृदयमा जीवित रहन्छ्यौ। तिमीलाई वचन दिन्छु, म तिमीलाई कहिल्यै बिर्सने छैन।“
मीनाको मृत्युपछि श्यामको जीवनमा एक्लोपनको अन्धकार छायो। उनी सहरको भीडमा पनि एक्लोपन महसुस गर्थे। मीनाको सम्झनाले उनको मनमा सधैं पीडा हुन्थ्यो। उनले मीनाको स्मृतिमा आफ्नो जीवन बिताउने निर्णय गरे। श्यामले आफ्नो जीवनलाई मीनाको स्मृतिमा समर्पित ग¥यो। उनले मीनाको सपना पूरा गर्ने कसम खाए।
श्यामले मीनाको सम्झनामा एउटा समाजसेवी संस्था खोले, जसले गरिब र असहाय व्यक्तिहरूलाई सहयोग गर्थ्यो। उनले शिक्षा, स्वास्थ्य र आर्थिक सहयोग प्रदान गर्ने काम थाले। श्यामको मनमा मीनाको सपना सधैं जीवित रह्यो। उनले आफ्नो सम्पूर्ण जीवन समाजसेवामा समर्पित गरे।
श्याम र मीनाको प्रेमकथा एउटा प्रेरणादायक कथा बन्यो। उनीहरूको संघर्ष र प्रेमले समाजमा उदाहरण प्रस्तुत ग¥यो। श्यामको समाजसेवा र समर्पणले धेरै मानिसहरूलाई प्रेरित ग¥यो। उनले देखाए कि साँचो प्रेमले मानिसलाई कुनै पनि कठिनाइ पार गर्न सक्ने शक्ति दिन्छ। श्यामको टुक्रिएको मुटुमा पनि मीनाको प्रेम र सम्झनाले जीवनको उज्यालो बत्ती बालिरहेको थियो।
प्रतिक्रिया