पत्रकार विकको उपचारका लागि एमालेको आर्थिक सहयोग

काठमाडौँ । वीर अस्पतालमा उपचार गराइरहेका पत्रकार लेखबहादुर विकलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ । ढाडमा समस्या आएपछि अप्रेसनको लागि वीर अस्पतालको क्याबिन नं ३१४ मा पालो पर्खिएर उपचार गराइरहनुभएका विकको उपचारमा सहयोगको लागि नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

यसै गरी नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले १९ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । यस अघि नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले पनि उहाँको उपचारमा आर्थिक सहयोग गर्नु भएको थियो ।

Advertisement

सोमबार अस्पतालको बेडमा पुगेर पत्रकार विकको स्वास्थ्य लाभको कामना सहित रकम हस्तान्तरण गरिएको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताउनुभयो ।

विकलाई भेट्न नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, उपसचिव मखमली श्रेष्ठ, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे, जिल्ला कमिटी सदस्य राकेश श्रेष्ठ, सम्पर्क मञ्चका अध्यक्ष रवीन्द्र भण्डारी, उपाध्यक्ष अम्बिका बोहरा, सचिव नीराजन तिमल्सिना, उपसचिव रमेश खड्का, खाँडादेवी गाउँपालिका कमिटी सचिव रमेश केसी लगायत अस्पताल पुग्नु भएको थियो ।

Advertisement

उहाँहरूले विकको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उपचारको क्रममा आर्थिक समस्या भएपछि विकले सहयोगको लागि अपिल गर्नुभएको थियो । बिक प्रेस चौतारी नेपालका वाग्मती प्रदेश कमिटी सदस्य हुनुहुन्छ । हाल उहाँ रामेछाप सदरमुकाम मन्थलीबाट प्रसारित रेडियो इनर्जी १०६.२ मेघार्जमा कार्यरत हुनुहुन्छ । विक तामाकोसी अनलाइको सह–सम्पादक पनि हुनुहुन्छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च