रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपु स्थित ढाडे होटेलमा एक जोडी विष सेवन गरी अचेत अवस्थामा फेला परेका छन् । सङ्गै बसेका जोडी मंगलबार बिहान विष सेवन गरी अचेत अवस्थामा भेटिएको र उनीहरूको उद्धार गरी उपचारका लागि सदरमुकाम मन्थली पठाइएको सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले बताए ।
विष सेवन गरेर अचेत अवस्थामा फेला पर्ने तोरणमाया सुनुवार र सागर बस्नेत रहेको र उनीहरू दुवै जना उमाकुण्ड गाउँपालिका–५ प्रीतिका रहेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
प्रतिक्रिया