रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपु स्थित ढाडे होटेलमा विष सेवन गरी अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ।
ढाडे होटेलमा सोमबार सङ्गै बास बसेका उमाकुण्ड गाउँपालिका–४ प्रीतिका तोरणमाया सुनुवार र सागर बस्नेत मङ्गलवार बिहान विष सेवन गरी अचेत अवस्थामा फेला परेका थिए ।
Advertisement
अचेत अवस्थामा फेला परेका बस्नेतको सदरमुकाम मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लिखुतामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।
तोरणमाया सुनुवारलाई भने थप उपचारका लागि राजधानी काठमाडौँ पठाइएको वडा अध्यक्ष पौडेलको भनाइ छ ।
K Karan le yasto vako Rax sir bujhan paya huntho