रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपुको दमाई टोलमा अपरिचित व्यक्तिको ऐना प्रहारबाट सुत्केरी महिला घाइते भएकी छिन् ।
मङ्गलवार अपराह्न ४ बजेको समयमा साबिक सैपु गाविस वडा न ८ दमाई टोलका अरुण दमाईको घरमा अपरिचित व्यक्ति प्रवेश गरी अरुणकी चार महिनाकी सुत्केरी श्रीमती करिना सुनामलाई ऐनाले हानेर घाइते बनाएको सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो ‘‘साबिक सैपु गाविस वडा न ८ दमाई टोलमा अरुणको चार महिनाको सुत्केरी श्रीमती घरमा एक्लै रहेको बेला अपरिचित व्यक्ति अन्दाजी ४ बजे घरमा प्रवेश गरेछन् । ती व्यक्तिले तेरो श्रीमान् कता गयो भनेर सोधेपछि खै थाहा छैन भन्ने जवाफ दिनु बित्तिकै एक्कासि ऐनाले टाउकोमा हिर्काएर भागेको अवस्था छ । ऐना प्रहारबाट महिलाको ताउकोमा चोट लागेको छ ।’’
आफू घरमा एक्लै बच्चा लिएर बसेको समयमा त्यो व्यक्तिले घर भित्रै एक्कासि सिसा प्रहार गरेको घाइते करिना सुनामले बताउनुभयो । उहाँले भन्नुभयो त्यो मान्छेले तेरो श्रीमान् कता गयो भनेर सोध्यो । मैले खै थाहा छैन भन्ने जवाफ दिए । त्यसपछि ऐना झिकेर झ्याम्म हानेर भाग्यो । यो कस्तो समय आयो आफ्नै घरमा पनि सुरक्षित नहुने भयो ।’’
प्रतिक्रिया