रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, ९ जना घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

मङ्गलवार साँझ रामेछाप सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिका–९ पिङ्खुरी जाँदै गरेको प्र ३–०१–०२३ च ३९०९ नम्बरको बोलेरो मन्थली नगरपालिका–७ भटौलीको कल्लेरीमा दुर्घटना हुँदा मन्थली नगरपालिका–७ भटौली रोकेछापकी मैयाँ विकको घटना स्थलमै मृत्यु भएको स्थानीय सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार दुर्घटनामा घाइते भएका ९ जनाको स्थानीयले उद्धार गरी सदरमुकाम मन्थली स्थित मन्थली अस्पताल पठाइएको छ । दुर्घटनाको विस्तृत जानकारी भने आउन बाकी नै छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च