रामेछापको मानेडाँडा बोलेरो दुर्घटनामा घाइते भएका सबैलाई काठमाडौँ लगियो(घाइतेको विवरण सहित)

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीको सिमाना मानेडाँडामा भएको बोलेरो दुर्घटनामा परी घाइते भएका सबै ९ जनालाई नै काठमाडौँ रेफर गरेको छ ।

दुर्घटनामा घाइते भई सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा ल्याइएका सबै जनालाई थप उपचारका लागि मन्थली अस्पतालले काठमाडौँका विभिन्न अस्पतालहरूमा रेफर गरेको हो ।

Advertisement

दुर्घटनामा घाइते भएका ९ जना नै खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीका छन् । घाइते हुनेमा खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीकी वर्ष ५ की अन्जना तामाङ, सोही ठाउँका ७० वर्षका मङ्गले कामी, ४० वर्षकी उषा भण्डारी, ९ वर्षका डेबिट भण्डारी, २८ वर्षका रूपक तामाङ, ७० वर्षका नरमाया विक र वर्ष ७० का हर्के तामाङ छन् ।

त्यसै गरी खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीकै ७० वर्षका दुर्गा बहादुर तामाङ र ४२ वर्षका नरेन्द्र तामाङ पनि दुर्घटनामा घाइते भएका छन् ।
मङ्गलवार साँझ रामेछाप सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिका–९ पिङ्खुरी जाँदै गरेको प्र ३–०१–०२३ च ३९०९ नम्बरको बोलेरोे मन्थली नगरपालिका–७ भटौली र खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीको सिमाना मानेडाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा मन्थली नगरपालिका–७ भटौली रोकेछापकी मैयाँ विकको घटना स्थलमै मृत्यु भएको थियो भने बोलेरोमा सवार अन्य ९ जना घाइते भएका थिए ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च