मन्थली नगरपालिकाको ११ वडामा ठुला योजना निर्माण (कुन वडामा के बने)

रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नमुना (कृष्णलाल) पार्क निर्माण गरिएको छ । नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्म स्थल कठजोरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो ।

वि.सं. १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२ कठाजोरमा जन्मनुभएका कृष्णलाल अधिकारी राणा कालमा मकैको खेती नामक पुस्तक लेखे बापत वि.सं. १९७७ साउन ११ गते पक्राउ पर्नुभएको थियो । उहाँको १९८० सालमा कारागारमा नै निधन भएको थियो ।
प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको सम्झनामा चालु आर्थिक वर्ष २०८०÷०८१ को नगर वडा साझेदारी योजना अन्तरगत ३० लाख रुपैयाँ बजेटबाट पार्क निर्माण गरिएको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो ‘‘नगरपालिकाको नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी नीति अनुसार पार्क निर्माण भएको हो । यो पार्क निर्माणमा वडाको १५ लाख र नगरको १५ लाख गरी ३० लाख रुपैयाँ बजेट खर्च भएको छ । नेपालकै प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्म स्थलमा उहाँको सम्झनामा पार्क निर्माण गरिएको छ । यो योजनालाई एउटा ऐतिहासिक योजनाका रूपमा हामीले लिएका छौँ ।’’
पार्कमा वरिपरि घेरा बार सहितको कृष्णलाल अधिकारी सालिक राखिएको र सडकबाट पार्कसम्म पुग्ने २० मिटर रेलिङ सहितको सिडी निर्माण गरिएको उहाँले बताउनुभयो ।

मन्थली नगरपालिका–२ को कठजोर नमुना(कृष्णलाल) पार्क जस्तै चालु आर्थिक वर्षमा मन्थली नगरपालिकाका ११ वटा वडामा नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी नीति अनुसार ठुला योजनाहरू सम्पन्न भएका छन् । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा वडा नं १, ४ र १० बाहेकका वडाहरूमा वडा नगर साझेदारीबाट ३० लाख रुपैयाँ बजेटका योजनाहरू सम्पन्न भएका मन्थली नगरपालिकाका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो‘‘मन्थली नगरपालिकाले नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी नीति लिएको छ । सोही नीति अनुसार चालु आर्थिक वर्षमा ११ वटा वडामा ३० लाख बजेटका ठुला पूर्वाधार विकासका योजनाहरू बनेका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ मा पनि नगरले यही नीति अनुसार ४० लाख रुपैयाँका पूर्वाधार विकासका ठुला योजना निर्माण गर्ने गरी नीति कार्यक्रम र बजेट ल्याएको छ ।’’
उहाँका अनुसार चालु आर्थिक वर्षमा नगर वडा साझेदारी कार्यक्रम अन्तरगत वडा नं २ कृष्णलाल पार्क, वडा नं ३ र ५ मा खानेपानी योजना, वडा नं ६,७,९,११,१२ र १४ मा सडक योजना सम्पन्न भएका छन् । त्यसै गरी वडा नं ८ मा पैदल मार्ग र वडा नं १३ मा सामुदायिक भवन निर्माण गरिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च