अविरल वर्षाले दोलखाको चरिकोटमा पक्की घर भत्कियो

दोलखा । अविरल वर्षाका कारण दोलखा सदरमुकाम चरिकोटको सात दोबाटो एउटा पक्की घर भत्किएको छ । गयराति अविरल वर्षाले भीमेश्वर नगरपालिका–६ की साइँली तामाङको पक्की घर भत्किएको हो ।

भिरालो जमिनमा रहेको घर मुनिबाट पहिरिएको स्थानीयले बताएका छन् । तामाङको परिवार काठमाडौँ बस्दै आएकाले अन्य क्षति भने नपु¥याएको दोलखाका प्रहरी निरीक्षक सत्रुधन कुमार महतोले जानकारी दिए । घर भत्कन सक्ने जोखिम बढेपछि घरमा रहेको सबै सामान पहिले नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । भिरालो स्थानमा रहेको घर लगातारको वर्षापछि भत्किएको हो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च