घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै रामेछाप नगरपालिका

रामेछाप । रामेछाप नगरपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ । नगरपालिकाले ‘स्थानीय मदिरा उत्पादन, ब्रान्डिङ तथा बिक्री वितरण र व्यवस्थापन सम्बन्धी ऐन नै बनाएर नगरभित्र उत्पादन हुने घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको हो ।

नगरपालिकाले स्थानीय कच्चापदार्थ कोदो, मकै, गहुँ, धानद्वारा स्थानीय उत्पादित घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर विक्री वितरण गर्न लागेको बताइएको छ । त्यसका लागि नगरपालिकाले १५ औँ नगर सभाबाट ‘स्थानीय मदिरा उत्पादन, ब्रान्डिङ तथा बिक्री वितरण व्यवस्थापन सम्बन्धी विधेयक, २०८१’ स्वीकृत गरिसकेको छ । तर राजपत्रमा प्रकाशन हुन बाँकी छ । राजपत्रमा प्रकाशन भएपछि स्वीकृत विधेयकले ऐनको रूप लिनेछ ।
ऐन बनेपछि कार्यविधि तयार गरेर स्थानीय उत्पादन मदिरालाई ‘ब्रान्डिङ’ गरेर बजारीकरण गरिने रामेछाप नगरपालिकाको प्रवक्तासमेत रहनु भएका वडा नं. ७ का वडा अध्यक्ष समीर कार्कीले बताए । घरेलु मदिरा ब्रान्डिङको लागि वडा नं ७ सुकाजोरले बजेट नै विनियोजन गरेर त्यसबारेमा सम्भाव्यता अध्ययन समेत गरिएको उनले बताए ।

Advertisement

उनले भने, ‘हाम्रो ठाउँमा जे चिज राम्रो उत्पादन हुन्छ । त्यसबाट हामीले फाइदा लिनुपर्ने रहेछ । यो कुरा मैले केही वर्ष अघि घरघरमै गएर मदिरा नष्ट गरेपछि सिकेँ । त्यसैले अहिले स्थानीय उत्पादन घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बजारीकरण गर्न लागिएको हो । यसका लागि सम्भाव्यता अध्ययन पनि गरिसकेका छौँ ।’’रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले घरेलु लोकल रक्सीको बजारीकरणका लागि कार्यविधि बन्ने क्रममा रहेको बताउँदै आगामी आर्थिक वर्षबाट काम नै सुरु गरिने बताए । ‘मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चापदार्थबाट उत्पादित मदिरालाई बजारीकरण गर्न सके कृषि उत्पादनमा वृद्धि, रोजगारी सृजना, गरिबी न्यूनीकरण र आयातलाई प्रतिस्थापन गर्न सकिने भएकोले नगरले यस्तो नीति लिइएको हो’,उनले भने ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च