मन्थली नगरपालिकाको बजेट खर्च ८३ प्रतिशत, विकास बजेट खर्च ७४ प्रतिशत

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा जम्मा बजेटको ८३.७७ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । चालु आर्थिक २०८०÷८१ मा नगरपालिकाले कुल एक अर्ब चार करोड ८६ लाख ९८ हजार बजेटको ८३.७७ प्रतिशत अर्थात् ८७ करोड ८४ लाख ९४ हजार ३१४ रुपैयाँ बजेट खर्च गरेको हो ।

नगरपालिकाले यो वर्षका लागि स्वीकृत बजेटको १७ करोड २० लाख ३ हजार ६८५ रुपैयाँ बजेट खर्च गर्न सकेन ।
शुक्रवार मन्थली नगर कार्यपालिकाको कार्यालयमा नगरपालिकाबाट यो वर्ष सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको प्रभावकारिता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले यसबारेमा जानकारी दिनुभएको हो ।

Advertisement

नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली अन्तरगत चालु आर्थिक वर्षका लागि स्वीकृत एक अर्ब चार करोड ८६ लाख ९८ हजार बजेटमा चालू खर्च ८९.३४ प्रतिशत तथा पुँजीगत खर्च ७४.२ प्रतिशत गरी जम्मा ८३.७७ प्रतिशत मात्रै बजेट खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत चापागाईँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत चापागाईँले चालु आर्थिक वर्षमा नगरपालिकाको चार करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य लिएकोमा यही असार २५ गतेसम्म लक्ष्यको १०३.४९ प्रतिशत अर्थात् ४ करोड ४५ लाख २ हजार ८३८ रुपैयाँ आन्तरिक आम्दानी भएको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म नगरपालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरू, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति बारे जानकारी गराउनुभएको थियो । कार्यक्रमका सहभागीहरूले नगरपालिकाले काम गरिरहेको विभिन्न क्षेत्रसँग जोडिएर प्रश्नहरू राखेका थिए । नागरिकको प्रश्नको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले जवाफ दिनुभएको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च