मानव अधिकार एलाइन्सको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली अस्पतालका बिरामीलाई फलफूल वितरण तथा अस्पताल परिसरमा रहेको बिरुवाको गोडमेल कार्यक्रम गरी मानव अधिकार एलाइन्स रामेछापले आफ्नो स्थापना दिवसका मनाएको छ ।

शनिवार दिउँसो मानव अधिकार एलाइन्सले मन्थली अस्पतालमा बेड भर्ना भएका उपचाररत बिरामीहरूलाई फलफूल वितरण, अस्पताल परिसरमा गत वर्ष रोपिएका बिरुवाहरूको व्यवस्थापन र शुभकामना आदान प्रदान कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

Advertisement

कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य गोपाल श्रेष्ठ, एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, राष्ट्रिय युवा सङ्घ नेपाल रामेछापका अध्यक्ष एवं मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरेन्द्र कार्की, गैर सरकारी संस्था महासङ्घ नेपाल रामेछापका अध्यक्ष रत्न प्रसाद कँडेल लगायतको सहभागिता थियो । सहभागीहरूले मन्थली अस्पताल परिसरमा गत वर्ष लगाइएको बिरुवाको गोडमेल गरी केही नयाँ बिरुवा पनि रोपेका छन् ।

विगत देखिनै आफ्नो स्थापना दिवसमा वृक्षारोपण लगायतका कार्यक्रम गर्दै आएको मानव अधिकार एलाइन्सले यो वर्ष पनि मन्थली अस्पताल परिसरमा गते स्थापना दिवसका अवसरमा रोपिएका बिरुवाको व्यवस्थापन गरी अस्पतालमा बेड भर्ना भएर बसेका बिरामीहरूलाई फलफूल वितरण गर्दै शुभकामना आदान प्रदान गरी स्थापना दिवस मनाइएको मानव अधिकार एलाइन्स रामेछापका अध्यक्ष थिर बहादुर थापा (रविन) ले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च