काठमाडौं । विज्ञान कथामा आधारित चलचित्र ड्युन (म्गलभ)बाट प्रभावित भएर वैज्ञानिकहरूले पिसाबलाई खान मिल्ने पानीमा बदल्ने स्पेससुट तयार पारेका छन् । वेल कर्नेल मेडिसिन र कर्नेल युनिभर्सिटीका वैज्ञानिकहरूले पिसाबलाई खान मिल्ने पानीमा बदल्ने स्पेससुटको प्रोटोटाइप तयार पारेका हुन् ।
वैज्ञानिकका अनुसार यस स्पेससुटले मानिसको पिसाबलाई पाँच मिनेट भित्रमै खानेपानीमा बदल्न सक्छ । जुन अहिले प्रयोगमा आएको प्रविधिभन्दा धेरै चाँडो हो ।
हाल इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस)मा जाने अन्तरिक्षयात्रीहरूले पिसाबलाई शुद्ध पानीमा बदलेर पिउने गरेका छन् । यद्यपि उक्त प्रणाली अन्तरिक्षमा लामो समय बिताउन परे पर्याप्त नहरेको यस सुटका विकासकर्ता मध्येकी एक सोफिया एट्लिन बताउँछिन् ।
उनका अनुसार अहिले एक अन्तरिक्षयात्रीको सुटमा एक लिटर पानी हुने गर्छ । तर पिसाबलाई खानेपानीमा बदल्ने प्रणाली असहज, अस्वच्छ र लामो मिसनहरूको लागि अपर्याप्त रहेको उनी सुनाउँछिन् ।
सोही भएर उनीहरूले यस प्रकारको स्पेससुट बनाउन लागि परेको उनको भनाइ छ । अब उनीहरूले यस सुटलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको आर्टेमिस परियोजनामा प्रयोग गर्ने राखेका छन् ।
यस परियोजनामार्फत नासाले २०२६ मा मानवसहितको चन्द्रयान पठाउने र २०३० को दशकमा मङ्गल ग्रहमा मानवसहितकै यान पठाउने लक्ष्य राखेको छ ।
कस्तो छ स्पेस सुट ?
करिब ८ केजी तौल हुने यस प्रणालीलाई अन्तरिक्षयात्रीले आफ्नो ढाडमा बोक्ने गर्छन् । सुटमा पिसाब सङ्कलन गर्न यसमा भ्याकुममा आधारित एक्सटर्नल क्याथेटर प्रयोग गरिन्छ । त्यसपछि शुद्ध गर्न फर्वाड–रिभर्स ओस्मोसिस युनिट प्रयोग गरिन्छ । यस प्रक्रियाले सङ्कलित पिसाबलाई ८७ प्रतिशत पानीमा बदल्ने वैज्ञानिकहरूले बताएका छन् ।
प्रतिक्रिया