रामेछापमा ६५ प्रतिशत खेतामा धान रोपाइँ

रामेछाप । असार वर्ष दिनकै लागि धान रोप्न मेहनत गर्ने महिना हो । असार महिना किसानका लागि एउटा ठुलो पर्व जस्तै महिना हो । त्यसैले असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाका रुपमा लिइन्छ । असार महिनामा किसानहरु विशेष गरी धान रोपार्इँमा धेरै व्यस्त हुन्छन् ।
तर यो वर्ष रामेछापमा प्रयाप्त मात्रामा मुल नफुट्दा धेरै ठाउँका किसानहरु धान रोपाइँमा खासै व्यस्त भएनन् । असार महिना सकिँदा जिल्लाका माथिल्लो भेग र वेशी खेतहरुमा धान रोपाइँ भए पनि प्रयाप्त वर्षाले मुल फुटेपछि मात्रै रोपाइँ हुने खेतहरु भने बाँझै छन् । मुल फुट्ला र रोपाइँ गरौँला भनेर बसेका धेरै किसानहरु अहिलेसम्म खेतमा धान रोप्न नपाउँदा निराश बनेका छन् ।
यो वर्ष मुल नफुटेकाले रोपाइँ सकिने बेलासम्म खेत बाझै रहेको मन्थली नगरपालिका–९ पुरानागाउँका राज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘पहिला पहिला साउने संक्रान्ति मनाउने बेलासम्म धान रोपाइँ सक नसक हुन्थ्यो । अझै पानी पर्ला अनि मुल फुट्ला अनि खेतमा धान रोपाइँ गरौँला भन्ने आशा भने रहेको उहाँले बताउनुभयो ।
पानी नपलाउँदा रामेछापका धान रोपाइँ हुने धेरै खेतहरुमा अहिलेसम्म धान रोपाइ हुन सकेको छैन । मुल फुट्ने र रोपाइँ गर्ने आशमा रहेका जिल्लाका धेरै ठाउँका किसानहरु मुल फुट्ने छाटकाट नदेखिएपछि निराश भएका छन् ।
असार महिना सकिँदा रामेछापका ६५ प्रतिशत बढी खेतमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय रामेछापका प्रमुख मिनबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘यो वर्ष रामेछापमा ७ हजार ८५९ हेक्टर खेतमा धान रोपाइँ हुनुपर्ने हो । असार महिना सकिँदा ६५ प्रतिशत बढी खेतमा धान रोपाइँ सकिएको भन्ने छ । अहिले वेशी खेतहरुमा धमाधन रोपाइँ भइरहेको छ ।’’ रामेछापको मुख्यगरी लिखुतामाकोसी गाउँपालिकाको खिम्ती बेसी, मन्थली नगरपालिको भटौली, माडीमुहान, मन्थली फाँट र फुलासीको देवीटार फाँट र रामेछाप नगरपालिकाको साघुँटार फाँट लगाएतका स्थानमा उल्लेखनीय मात्रामा धान उत्पादन हुन्छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च