वनेपा नगरपालिका–९ का वडा अध्यक्ष भ्रष्टचार मुद्धामा दोषी ठहर

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का वडाअध्यक्षलाई भ्रष्टाचार मुद्धामा २ वर्ष कैद सजायको फैसला भएको छ ।

भ्रष्टचार मुद्धामा दोषी ठहर भएका काभ्रेको बनेपा नगरपालिका–९ का वडाअध्यक्ष नृपेश बादेलाई विशेष अदालतले २ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

Advertisement

बादेलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजको पेसी तोकिएकोमा कैद र जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो । उनीमाथि सेवाग्राहीसँग घरबाटो सिफारिस दिएवापत १५ लाख रुपैयाँ घुस लिएको आरोपमा २०८० माघ २६ गते विशेष अदालतमा मुद्धा दायर भएको थियो । बादे २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च