प्रचण्ड सत्ताबाट हटेपछि, समाजवादी मोर्चाको सक्रियता, नेकपा एसको केन्द्रीय कार्यालयमा बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रसरतामा समाजवादी मोर्चाको बैठक बसेको छ । प्रचण्ड प्रधानमन्त्री भएकै बेला उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि मोर्चा निष्क्रिय भएको थियो । यादवले प्रचण्डमाथि आफ्नो पार्टी विभाजन गराएको आरोप लगाएका थिए ।
मोर्चा बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र महेन्द्र यादव नेतृत्वको नेसपाका नेताहरु सहभागी छन् । यसअघि मोर्चाको दोस्रो ठूलो घटक रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा गएका छैनन् ।
बैठक नेकपा एसको केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च