मन्थली नगरपालिकाको आन्तरिक आम्दानीमा झन्डै ८ प्रतिशतले वृद्धि

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा मन्थली नगरपालिका लक्ष्य भन्दा झन्डै ८ प्रतिशत बढी आन्तरिक आम्दानी गर्न सफल भएको हो ।

१४ वटा वडा रहेको मन्थली नगरपालिकाले गत वर्ष लक्ष्य भन्दा ७.७२ प्रतिशत अर्थात् ३३ लाख १९ हजार रुपैयाँ भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को मा ४ करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य लिएको थियो ।

Advertisement

जसमा नगरले लिएको लक्ष्यको ७.७२ प्रतिशत अर्थात् ३३ लाख १९ हजार ६०० रुपैयाँ बढी आन्तरिक आम्दानी गरेको मन्थली नगरपालिका राजश्व उपशाखाका दिलकुमार मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘आर्थिक आर्थिक वर्ष २०८०÷०८१ मा मन्थली नगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि भएको छ । यो वर्ष ४ करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने नगरको लक्ष्य थियो । यसमा १०७.७२ प्रतिशत अर्थात् ४ करोड ६३ लाख १९ हजार ६०० रुपैयाँ बढी आन्तरिक आम्दानी भएको छ ।’’

मन्थली नगरपालिकाले यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा लक्ष्य अनुसारको आन्तरिक आम्दानी गर्न सकेको थिएन । आर्थिक वर्ष २०७९÷०८० मा ३ करोड १३ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिकाले ३ करोड रुपैयाँ पनि आन्तरिक आम्दानी गर्न सकेको थिएन ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च